नेपालबाट टिम 'सोचवेयर' जसले 'इम्याजिन कप २०१८' को फाइनलको लागि अनलाईनबाट आवेदन दिएको थियो। श्रीलंका संगै सोचवेयर टिम फाइनलको लागि क्वालिफाइड भएको हो । अब यो टिमले APAC (Asia Pacific) फाइनलमा सहभागिता जनाउने छ । यसैगरि उक्त फाइनलमा बिजयी भएमा जुलाई २०१८ मा हुने वर्ल्ड फाइनलमा सहभागी बन्न पाउने छ ।
नेपाल इन्जिनियरिङ कलेज नाट इदा रिजाल,मदन भण्डारी मेमोरियल कलेजबाट सिशिर श्रेष्ठ र कलेज अफ इन्फर्मेसन टेक्नोलोजी बाट मिलन थापाले 'इम्याजिन कप २०१८'को फाइनलमा भाग लिनेछन । यो तीनजनाको टोलिले एउटा टिम तयार गरेर स्टार्टअपको विकास गरेका छन्,जसले देशमा भबिष्यमा टेक्नोलीजीको बिकासमा सघाउ पुर्याउने छ ।
उनीहरु नेपालको कृषि क्षेत्रको विकासको लागि मेसिन लर्निंग,आर्टिफिसियल इन्टेलिजेंसलाइ एकिकृत गर्ने इन्टरनेट अफ थिंग्सका लागि काम गरिरहेका छन् ।
इम्याजिन कप बिद्यार्थीहरुको लागि माइक्रोसफ्टको एनुअल ग्लोबल कन्टेस्ट हो । यो प्रतिस्पर्धाको १६ औं सिरिज २०१८ मा हुँदैछ र यसको अफिसियल स्टार्ट भने २४ अक्टोबर २०१७ मा भएको थियो । यसमा दुइ राउण्डहरु रहनेछन। पहिलो राउण्ड ३० एप्रिल २०१८ मा हुनेछ ।
नेपालले टेक्नोलोजीको क्षेत्रमा भर्खर उदाउदै गरेको देश भएता पनि विश्वमा भइरहेका धेरै अन्तराष्ट्रिय प्रतिष्पर्धाहरुमा रेकर्ड बनाइरहेको हुन्छ ।
गत बर्ष वर्ल्ड फाइनलको लागि ५४ जनाले ३९ देशको प्रतिनिधित्व गरेका थिए । जसमध्येमा नेपाल उत्कृष्ट १० मा पर्न सफल भएको थियो । यसरि अन्तराष्ट्रिय स्तरमा नेपाली बिद्यार्थीहरुले टेक्नोलोजीका बिषयहरुलाई प्रस्तुत गर्नु सम्पूर्ण देशकै लागि गौरबको बिषय हो ।