कीवर्डहरू -

नेपाली इन्टरनेट तथा मोबाइल प्रयोगकर्ताहरुका बारेमा सार्वजनिक भएका  १० वटा तथ्यहरु

नेपाली  इन्टरनेट तथा मोबाइल प्रयोगकर्ताहरुका बारेमा सार्वजनिक भएका   १० वटा तथ्यहरु

नेपाल दुरसंचार प्राधिकरणले गत साल २०७४ माघमा नेपालमा इन्टरनेट तथा मोबाइल प्रयोगकर्ताहरुका बिभिन्न तथ्यहरु सार्वजनिक गरेको थियो । त्यसमध्ये केहि तथ्यहरुको बारेमा तल चर्चा गरिएको छ ।

  • नेपाल दुरसंचार प्राधिकरणको पछिल्लो जानकारी अनुसार नेपालमा नेपाल टेलिकम,एन्सेल तथा युटिएल लगायत अन्य दुर संचार सेवा प्रदायक कम्पनिहरु सहितका फिक्स्ड र मोबाइल सेवामा गरेर कुल ३ करोड ८२ लाख ६८ हजार १८ टेलिफोन सेवा सब्सक्राइबरहरु रहेका छन् । यसलाई प्रतिशतमा ब्यक्त गर्दा जम्मा १३०.६४ प्रतिशत सब्सक्राइबर छन् ।

  • नेपाल दुर संचार कम्पनि लिमिटेडका १ करोड ८९ लाख ४३ हजार ५४,युटिएलका ५ लाख २६ हजार ८ सय ७३, एनसेलका १ करोड ६७ लाख ४७ हजार ८८, नेपाल स्याटेलाइट टेलिकम ३ लाख २८ हजार ५ सय ३८,स्मार्ट टेलिकमका १७ लाख ६३ हजार २३ तथा अन्यमा  १ हजार ७ सय ४२ जना सब्सक्राइबर छन् ।

  • फिक्स्डमा पीएसटिएन(PSTN) टेलिफोन सेवा सब्सक्राइब गर्नेको संख्या  ६ लाख ८५ हजार ८ सय २३ छ     भने WLL मा १ लाख ७४ हजार १ सय ६७ सब्सक्राइबर छन् । त्यस्तै भी स्याट (VSAT) मा ५ सय ८१ छन् । मोबाइल सेवाको कुरा गर्दा जीएसएममा ३ करोड ५३ लाख ८१ हजार ३ सय २७ र सिडीएमएमा २ लाख २४ हजार ३ सय ७८ सब्सक्राइबर छन् । साथै अन्यमा १ हजार ७ सय ४२ जना सब्सक्राइबर छन् ।

  • नेपालमा ब्रोडब्याण्ड  सेवाका जम्मा ५७ लाख ५५ झाजर ३ सय ६४ सब्सक्राइबर छन् । यी मध्ये नेपाल दुरसंचारमा ४५ लाख ६८ हजार ८ सय ५७, युटिएलमा ६३ हजार २ सय ३ र एनसेलमा ७७ हजार ९२  प्रयोग कर्ताहरु रहेका छन् ।

  • नेपालमा ब्रोड ब्याण्ड सेवा सब्सकक्राईब गर्नेहरु जम्मा २७.१७ प्रतिशत र फिक्स्ड ब्रोड ब्याण्ड वायर सब्सकक्राईब गर्नेहरु ८.३३ प्रतिशत, फिक्स्ड ब्रोड ब्याण्ड वायरलेस प्रयोग गर्नेहरु १.१३ प्रतिशत छन् । साथै मोबाइल ब्रोड ब्याण्ड प्रयोग गर्नेहरु १७.१७ प्रतिशत छन् ।

  • नेपालमा टेलीफोन सर्भिसमा बजारको ९८ प्रतिशत हिस्सा मोबाइल सेवाले ओगटेको छ,फिक्स्ड टेलिफोन सेवाको बजारमा हिस्सा २ प्रतिशत छ ।

  • नेपाल दुरसंचार प्राधिकरणले गत साल २०७४ को माघ महिनामा नेपालमा टेलिफोन अपरेटरहरुको बजार हिस्साको बारेमा पनि डाटा सार्वजनिक गरेको थियो,उक्त डाटाका अनुसार नेपालमा ५० प्रतिशत बजारको हिस्सा नेपाल दुर संचार कम्पनि को छ । त्यस्तै,एन्सेलको ४४ प्रतिशत,युटिएलको १ प्रतिशत,नेपाल स्याटेलाइटको १ प्रतिशत र स्मार्ट टेलिकमको ५ प्रतिशत बजारमा सेयर रहेको छ ।

  • यसैगरि २०७४ कै डाटा अनुसार नेपालमा जम्मा २५ वटा इन्टरनेट सेवा प्रदायक कम्पनिहरु छन्,जहाँ वायरलेस,केवल र फाइबर तिनवटै माध्यमबाट सेवा लिने देशभरिमा जम्मा ३ लाख ५३ हाजर २ सय १२ जना सब्स्क्राईबरहरु रहेका छन् । यसमध्ये केवलका जम्मा ५६ हजार २ सय २०,फाइबरका २ लाख ४६ हजार १ सय ५ र वायरलेसमा ५० हजार ८ सय ८७ सब्स्क्राइबर छन् ।

  • नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनिहरु मध्येमा सबै भन्दा धेरै प्रयोग कर्ता वर्ल्ड लिंक कम्युनिकेशन प्रा.लि का रहेका छन । नेपालमा वर्ल्ड लिंकका जम्मा १ लाख ७२ हजार ६ सय ८७ प्रयोगकर्ताहरु रहेका छन् । वर्ल्ड लिंकका  फाइबरमा १ लाख ६० हजार ९ सय ५५, केवलमा ३ हाजर ५ सय ३४,र वायरलेसमा ८ हजार १ सय ९८ प्रयोग कर्ता रहेका छन् ।

  • नेपालमा टेलिफोन सेवा प्रयोग गर्ने प्रयोगकर्ताहरुमा बार्षिक रुपमा बृद्दी भैरहेको छ । नेपाल दुरसंचार कम्पनि लिमिटेडको टेलिफोन सेवा प्रयोगकर्ताहरुको संख्यामा २०७३ को तुलनामा लगभग साढे चार लाखले बृद्दी भएको छ । साथै नेपालको दोस्रो ठुलो टेलिफोन सेवा प्रदान गर्ने कम्पनि एन्सेलको प्रयोगकर्तामा २०७३ मा भन्दा २०७४ मा ३ लाख भन्दा धेरैले बृद्दी भएको डाटा सार्वजनिक भएको छ ।