कीवर्डहरू -

नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका दुर्गम क्षेत्रहरुमा सुरु गर्यो जीएसएम सेवा

नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका दुर्गम क्षेत्रहरुमा सुरु गर्यो जीएसएम सेवा

नेपाल टेलिकमले बाग्लुङ र डोल्पाका अति दुर्गम ग्रामीण भेगमा जिएसएम मोबाइल सेवा सुरु गरेको  छ । टेलिकमले बाग्लुङको उत्तर पश्चिम भेगमा रहेको ढोरपाटनमा थ्रिजी विटिएस स्थापना गरी २०७५ साल वैशाख ९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो ।

टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो । टेलिकमका अनुसार ढोरपाटन नगरपालिका ९ मा स्थापित विटिएसबाट ढोरपाटन उपत्यकाका सबै भू भाग र बोबाङको केही भागमा थ्रिजी सेवा सञ्चालनमा आएको छ । सो ठाउँ बाग्लुङ सदरमुकामदेखि १२४ किलोमिटरको सडक दूरीमा र करीब तीन हजार २०० मिटर उचाइमा अवस्थित छ ।

टेलिकमको जीएसएम सेवाबाट त्यस स्थानका करीब ५०० घरधुरी तथा सो क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने कम्पनिको अनुमान छ । यसका साथै बाग्लुङमा रहेको नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको सुरक्षाका लागि समेत सो सेवाले सहयोग गर्ने टेलिकमको दाबी छ ।

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।