कीवर्डहरू -

नेपाली बजारमा ओपो एफ सेभेन, २५ मेगा पिक्सलको क्यामेरा

नेपाली बजारमा ओपो एफ सेभेन,  २५ मेगा पिक्सलको क्यामेरा


आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका रुपमा रहेको छ । सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो ।

यसलाई थप परिस्कृत गरी ओपो एफसेवेनमा दोस्रो पुस्ताको एआई ब्यूटी २.० उपलब्ध गरिएको छ । फोनमा रियल टाइम हाई डायनामिक रेञ्ज (एचडीआर) प्रविधि सहित २५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेराको प्रयोग गरिएको छ । यसमा एआई ब्यूटी २.०, कभर सट र अगुमेन्टेड रियालिटी (एआर) स्टिकर्सपनि उपलब्ध गरिएको छ । नयाँ ओपो एफसेवेनले सेल्फीको गुणस्तरलाई नयाँ आयाम दिने मात्र नभइ सेल्फी लिने प्रकृयालाई थप रमाइलो र रोचक बनाउने छ ।


ओपो एफसेवेनमा २५ एमपी एआई ब्यूटी फ्रण्ट क्यामेरा र रियल–टाइम एचडीआर प्रविधि उपलब्ध गरिएको छ । फोनमा कम्पनीले एआई एल्बमको ब्यवस्था गरेको छ । यसले प्रयोगकर्ताको अनुहार , स्थान तथा दृष्यका आधारमा तस्विरलाई वर्गिकृत गरी खोजी कार्य तथा एडिटिङ कार्यमा सहजता प्रदान गर्छ ।

\"\"

फोनमा स्प्लिट स्क्रिन फिचरका रुपमा उपलब्ध गरिएको एआई बोर्ड फिचरमा प्रयोगकर्तालाई आफ्ना मनपर्ने एप्सहरु राख्न सक्छन् । यो फिचरले स्वचालित रुपमा महत्वपूर्ण मिटिङ् तथा तालिका, भ्रमण, चलचित्र टिकट तथा ई–कमर्स अर्डरको अवस्थालाई ईमेल तथा सन्देश मार्फत क्रमबद्ध गर्न सभाव पु¥याउँछ ।
यसमा मिडियाटेकको हेलियो पि ६० सिपियु सहित अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ ।

फुल स्क्रिन डिस्प्ले रहेको यो सेटमा ३४०० एमएएचको व्याट्री प्रयोग गरिएको छ । यसले ३३ घन्टा म्युजिक सुन्न सकिने क्षमता राख्दछ । यो एन्ड्रोइडको पछिल्लो ८.१ ओरियो भर्सनसँगै कल ओएस ५.० मा उपलब्छ छ ।


एआई प्रविधिले एफसेवेनको स्टोेरेज क्षमता पनि राम्रो रहेको छ । यसमा ४ जिबी र्याम र ६४ जिबी स्टोरजमा उपलब्ध छ । यसैगरी स्टोरेज क्षमता बढाएर ६ जिबी र्याम र १२८ जिबी स्टोरजमा पनि उपलब्ध गराएको छ । यसले पछिल्लो फोन एफाफइभका तुलनामा ८० प्रतिशत उत्कृष्ट कार्य प्रदर्शनी क्षमता रहेको कम्पनीले जनाएको छ ।


यसको मुल्य ४ जिबी र्याम र ६४ जिबी स्टोरेजमा ३६ हजार ५ सय ९० र ६ जिबी र १२८ जिबीको स्टोरेजमा ४६ हजार ५ सय ९० रहेको छ ।