कीवर्डहरू -

नेपाल टेलिकमको एडीएसएल इन्टरनेट सेवामा अफर

नेपाल टेलिकमको  एडीएसएल इन्टरनेट सेवामा अफर

नयाँ बर्ष २०७५ को अवसर पारि नेपाल टेलिकमले एडीएसएल इन्टरनेट सेवा प्रयोगकर्ताहरुलाई नयाँ अफर ल्याएको छ । ५ एमबीपीएस अनलिमिटेड एडीएसएल सेवाको एकमहिनाको शुल्क रु. १ हजार रहेकोमा अब यो बैशाखबाट भने रु ७ सय मात्रै तोकिएको छ ।

यसैगरि ६ महिनाको एकमुष्ट रकम बुझाएमा रु ३ हजार ७ सय ५० र एकबर्षको बुझाउँदा भने रु ७ हजार तोकिएको छ । टेलिकमले भोल्युम बेस्ड प्याकेजमा पनि अफर दिएको छ । ५ एमबीपीएस स्पिडको १५ जीबी डाटालाई पहिले ३ सय पर्थ्यो भने अहिले २०० पर्छ,२५ जीबीको डाटामा पनि रु ५ सयबाट घटाएर रु ३ सय निर्धारण गरिएको छ । ४० जीबी डेटाको मूल्य सात सयबाट घटाएर रु ४ सय तोकिएको छ ।

जुनसुकै तरिकाले एडीएसएसल रिचार्ज गरेपनि एनटीसी मोबाइलमा समेत डाटा बोनस प्राप्त हुने कम्पनिले जनाएको छ । यसका साथै माथिका दररेट अर्को सूचना प्रकाशित नभएसम्म लागु हुने समेत नेपाल टेलीकमले जनाएको छ ।