कीवर्डहरू -

युट्युब १३ औँ बर्षमा प्रवेश,जाभेद करीमले अपलोड गरेका थिए पहिलो भिडियो

युट्युब १३ औँ बर्षमा प्रवेश,जाभेद करीमले अपलोड गरेका थिए पहिलो भिडियो

अहिले बालक देखि बृद्ध सम्म सम्पूर्णले भिडियो स्ट्रिमिङ साइट युट्युबको प्रयोग गर्ने गर्द्छन । युट्युबमा हरेक कुराको बारेमा जानकारी हुन्छ । हरेक समस्याको समाधानलाई त्यहाँ प्रयोगात्मक रुपमा हेरेर आफ्ना समस्याहरुको समाधान सहज रुपमा गर्न सकिन्छ।

धेरैले यसलाई आफ्नो आम्दानीको श्रोत समेत बनाएका छन् । यसैकारण पनि  भिडियो स्ट्रिमिंग साइट युट्युब अहिले सबैभन्दा धेरै प्रयोग हुने इन्टरनेट प्लेटफर्म हो  ।

यसरि छोटो समयमानै युट्युब सफल तथा लोकप्रिय प्ल्याटफर्मको रुपमा आयो । सन् २००५ को अप्रिल २३ मा युट्युब सुरु भएको थियो । यहि अप्रिलबाट नै युट्युबले आफ्नो १३ बर्ष लामो सफल यात्रा गरिसकेको छ । साथै अप्रिल २३ मा नै युट्युबमा पहिलो भिडियो अपलोड गरिएको थियो

युट्युबमा पहिलो पटक युट्युबकै संस्थापक जाभेद करीमले २३ अप्रिल २००५ मा उक्त भिडियो अपलोड गरेका थिए । भिडियो केबल १९  सेकेण्ड मात्र लामो थियो ।

उनले अपलोड गरेको भिडियो चिडियाखानामा खिचीएको थियो । उक्त भिडियो अहिले सम्म ४ करोड भन्दा धेरै पटक हेरिसकिएको छ ।

युट्युबको सुरुवात चेड हर्ले , स्टिभ चेन र जाभेद करीमले गरेका थिए । सन् २००६ को नोभेम्बरमा गुगलले अर्ब ६५ करोड डलरमा युट्युब खरीद गरेको थियो । युट्युबमा अहिले धेरै प्रकारका फिचरहरु समावेश छन्,पहिले भन्दा धेरै परिवर्तन भइसकेको छ ।

युट्युबमा विश्वभरमा ७७ वटा देशमा ७६ वटा भाषामा प्रयोग हुनेगरेको छ र हरेक मिनटमा ४ सय घण्टा भन्दा धेरै बराबरको भिडियो अपलोड हुने गरेको छ ।