कीवर्डहरू -

अब १६ बर्ष भन्दा कम उमेरकाहरुले व्ह्वाट्सएप प्रयोग गर्न नपाउने

अब १६ बर्ष भन्दा कम उमेरकाहरुले व्ह्वाट्सएप प्रयोग गर्न नपाउने

फेसबुकको स्वामित्व रहेको कम्पनि व्ह्वाट्सएपले प्रयोगकर्ताहरुको प्राइभेसी सुरक्षाको कारण एप्लिकेशनको प्रयोगमा  धेरै ठुला परिवर्तनहरु गरेको छ । ह्वाट्सएप १६ बर्ष भन्दा कम उमेरका प्रयोगकर्ताहरुका लागि एपको प्रयोगमा प्रतिबन्ध गर्न लागेको हो ।

मिडिया रिपोर्ट्सका अनुसार,युरोपियन डाटा प्राइभेसी रुल्सका अनुसार २५ मे बाट ह्वाट्स एपले प्रयोगकर्ताहरुको उमेर सीमालाई बढाउने भएको हो ।

अब आउने केहि हफ्तापछि युरोपमा जब एपमा लग-इन गरिन्छ तब नयाँ नियम तथा शर्तहरुको मान्नको लागि उमेर कन्फर्म गर्नु पर्ने हुन्छ । फेसबुक अधिकृत कम्पनि व्ह्वाट्सएपको अलग डाटा पोलिसी छ ।

उमेर सीमा बढाउने बाहेक अन्य परिवर्तनहरु पनि गरेको छ । १३ देखि १५ बर्ष सम्मका बच्चाहरुले यो प्ल्याटफर्ममा आफ्नो जानकारीहरु सेयर गर्नु भन्दा अघि आफ्नो अभिभाबक सँग अनुमति लिउन भन्ने उद्देशका साथ फेसबुकले आफ्नो एपमा यो परिवर्तन गरेको हो ।