कीवर्डहरू -

शावमी मि ६ (मि ए २) एक्स स्मार्टफोन सार्वजनिक

शावमी मि ६ (मि ए २)  एक्स स्मार्टफोन सार्वजनिक

शावमी मि ६ एक्स स्मार्टफोन लन्च भएको छ । शावमीले आफ्नो लेटेस्ट स्मार्टफोन चीनमा सार्वजनिक गरेको हो । मि ए२ अर्थात शावमि मि ६ एक्सको क्यामेरा एआइ इन्टीग्रेसन सहित आएको छ ।

साथै यसमा एन्ड्रोइड ८.१ ओरियोमा आधारित अपरेटिङ सिस्टम रहेको छ ।

शावमीको तीनवटा भेरिएन्ट मार्केटमा सार्वजनिक गरिएको छ । ४ जीबी र्याम र ३२ जीबि स्टोरेज भेरिएन्टको मूल्य १५ सय ९९ युआन,४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरीयन्टको मूल्य १७ सय ९९ युआन तोकिएको छ ।

त्यहि शावमि ६ एक्सको सबैभन्दा पावरफुल भेरियन्ट जसको ६४ जीबी र्याम साथमा १२८ जीबी  स्टोरेजको साथमा आएको छ । चीनमा यो फोनको बिक्रि २७ मे बाट शुरु हुनेछ ।

नयाँ शावमि मि ६ एक्स मा ५.९९ इन्चको १८:९ एस्पेक्ट रेसियो सहितको डिस्प्ले छ । यो हेर्दा Redmi Note 5 Pro जस्तै देखिन्छ । यो डुअल सिम स्मार्टफोन ८.१ ओरियोमा आधारित मियुआइ ९.५ सफ्टवेयरमा चल्छ ।

ह्यान्डसेटमा अक्टाकोर स्नाप ड्रागन ६६० प्रोसेसरको प्रयोग गरिएको छ । साथमा प्रयोगकर्ताहरुलाई ६ जीबी र्याम र १२८ जीबी रोम सम्म छान्ने विकल्प समेत छ  ।

यो स्मार्टफोनको मुख्य बिशेषता क्यामेरा हो,जुन फोटोग्राफीको लागि एआई इंटिग्रेशनको साथमा आएको छ । शावमी मि ६ एक्स को सेल्फी क्यामेरा २० एमपीको छ । जसमा Sony IMX376 सेन्सर लेन्स छ । ह्याण्डसेटमा डुअल क्यामेरा सेटअप छ ।

रियरमा एफ/ 1.75 एपर्चर वाला १२ एमपी र २० मेगापिक्सेलको सेन्सर छ । यसमा फेज़ डिटेक्शन अटोफोकस र डुअल टोन एलईडी फ्ल्यास जस्ता फिचरहरु उपलब्ध छन । ह्यान्डसेटमा  फिंगरप्रिंट सेंसरको साथमा फेस अनलक फीचर समेत छ ।

शाओमी मी 6 एक्स (मी ए 2) को ब्याट्री ३०१० एमएएचको रहेको छ । यसले क्विकचार्ज ३.० समेत सपोर्ट गर्छ ।कनेक्टिभीटि फिचरमा जी एलटीई, वाई-फाई ए/बी/जी/एन/एसी, वाई-फाई डाइरेक्ट, ब्लूटूथ ५.०, यूएसबी टाइप-सी पोर्ट समाबेश छ ।

एक्सेलेरोमीटर , एंबियंट लाइट सेंसर , जायरोस्कोप र प्रॉक्सिमिटी सेंसर यो  ह्यान्डसेटमा छन । उक्त स्मार्टफोन रेड , गोल्ड , रोज़ गोल्ड , ब्लू र ब्ल्याक रंगमा उपलब्ध हुनेछ ।