कीवर्डहरू -

नेपाल  र चीनको एक मात्र ब्यापारिक नाका रसुवागढीमा सीसी क्यामेरा जडान

नेपाल  र चीनको एक मात्र ब्यापारिक नाका रसुवागढीमा सीसी क्यामेरा जडान

नेपाल र चीनमा ब्यापारका लागि आवत जावत गरिने एकमात्र नाका रसुवागढीमा सीसी क्यामरा जडान गरिएको छ ।

चीनले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको मान्यता दिएसँगै अन्य मुलुकका नागरिकले समेत आवत जावतका लागि  यो नाकाको प्रयोग गर्न थालेपछि सुरक्षाका लागि भन्दै सीसी क्यामरा जडान गरिएको हो ।

रसुवा भन्सार कार्यालय टिमुरेको सहयोगमा सिमा क्षेत्रबाट रसुवागढी भन्सार कार्यालयसम्म करिब दुई किलोमिटर सडकमा १२ वटा सीसी क्यामरा जडान गरिएको छ ।

सीमा क्षेत्रमा सीसी क्यामरा जडान भएपछि अवैध क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

रातको समयमा नाकामा हुनसक्ने अवैध गतिविधि नियन्त्रण गर्न सीसी क्यामराले सहयोग पुग्ने रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

प्रहरीको सुरक्षा गस्तीका साथै क्यामराको सहायताले मानिसको आवातजावत र क्रियाकलापमा निगरानी गर्न सहज भएको छ ।