कीवर्डहरू -

फेसबुक कमेन्टको विषयलाई लिएर भएको झगडामा चक्कु प्रहार,दुई घाइते

फेसबुक कमेन्टको  विषयलाई लिएर भएको झगडामा चक्कु प्रहार,दुई घाइते

सामाजिक संजाल फेसबुकमा कमेन्ट लेखेको बिषयलाई लिएर दुइ समूहका युवाहरुबीच झगडा हुँदा झापाको दमकमा बिहिबार दुईजना घाइते भएका छन् ।

यी दुई युवा समूहबीच छुरा तथा बोतल हानाहान भएको थियो र यहि क्रममा  दमक ५ का दुई युवा घाइते भएका हुन् । घाइते हुनेमा दमक ५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेद्वयले एउटी युवतीको फेसबुकमा कमेन्ट गर्दा अर्का युवाको समूहले सांघातिक आक्रमण गरेका थिए ।

घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको र झगडामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको टाउको र पेटमा चोट लागेको बताइएको छ ।

दिउँसै मध्यचोकमा चक्कु र छुरी बोकेर ग्याङ फाइट हुँदा त्यस क्षेत्रका बासिन्दा त्रसित भएका थिए।  ।