कीवर्डहरू -

प्राधिकरणको निर्देशन पालना भएन, अझै पनि सबै इन्टरनेट कम्पनीले राखेनन् टोल फ्री नम्बर 

यी हुन् ७१ कम्पनीका टोल फ्रि नम्बर

प्राधिकरणको निर्देशन पालना भएन, अझै पनि सबै इन्टरनेट कम्पनीले राखेनन् टोल फ्री नम्बर 

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दश महिना अघि इन्टरनेट सेवा प्रदायकहरुलाई अनिवार्यरुपमा ‘टोल फ्री’ नम्बर राख्न निर्देशन दिए पनि सबै उक्त नम्बर राखेको पाइएको छैन ।

प्राधिकरणले असारमा अनिवार्य रुपमा टोल फ्रि नम्बर राख्न निर्देशन दिएको थियो । प्राधिकरणले ग्राहकको गुनासो सुन्न र समाधान गर्न सबै इन्टरनेट सेवा प्रदायकलाई अनिवार्य ‘टोल फ्री’ नम्बर राख्न निर्देशन दिएको थियो ।

सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाका रुपमा पनि राखेको छ । प्राधिकरणका अनुसार अहिलेसम्म ७१ वटा इनटरनेट सेवा प्रदायकले मात्र टोल फ्रि नम्बर राखेका छन् । तर, प्राधिकरणमा भने १२८ वटा इन्टरनेट सेवा प्रदायक दर्ता भइसकेका छन् ।

दर्ता भएका सबै कम्पनी भने संचालनमा आउन सकेका छैनन् । प्राधिकरणले टोल फ्रि नम्बर राख्न निर्देशन दिदै नराख्नेलाई कारवाही गर्नेसमेत जनाएको थियो ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले सबैले ‘टोल फ्री’ नम्बर नराखेको बताए । ‘हामीले उक्त नम्बर नराख्नेलाई ताकेता गरिरहेका छौं,’ आइसिटी समाचारसँग कुरा गर्दै पौडेलले भने, ‘अहिलेसम्म कारवाही भने गरेका छैनौं ।’

यस्ता छन् ७१ इन्टरनेट सेवा प्रदायकका टोल फ्री नम्बर

\"\" \"\" \"\" \"\"

श्रोतः नेपाल दूरसञ्चार प्राधिकरण