कीवर्डहरू -

वर्ल्डलिंकले अब जुम पनि उपलब्ध गराउने, यस्ता छन् प्याकेज

जुम प्रो प्लान, जुम बिजनेश प्लान र जुम इन्टरप्राइज प्लान

वर्ल्डलिंकले अब जुम पनि उपलब्ध गराउने, यस्ता छन् प्याकेज

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले भिडियो कन्फेरेन्सिङ प्लेटफर्म जुम उपलब्ध गराउने भएको छ । कम्पनीले एटलस नेपालसँगको सहकार्य जुमको सेवा विक्री गर्ने भएको हो ।

वर्ल्डलिंकले जुम प्रो प्लान, जुम बिजनेश प्लान र जुम इन्टरप्राइज प्लान गरी ३ प्याकेजमा विक्री गर्नेछ । यी प्याकेजका सुविधा अनुसार मूल्य र सुविधा निर्धारण गरिएको छ ।

जुम प्रो प्लानमा १०० जना सम्म सहभगी हुन सकिने, ३० घण्टासम्म ग्रुप मिटिङ गर्न सकिने, सोसल मिडिया स्ट्रिमिङ र प्रति लाइसेन्स १ जीबी क्लाउड रेकर्डिङ सुविधा छन् । यस प्लानमा एक होस्ट प्राप्त गर्न सकिने छ । यसको मूल्य वार्षिक २३ हजार ३५५ रूपैयाँ तोकिएको छ ।

त्यस्तै जुम बिजनेश प्लानमा ३०० सम्म सहभागी हुन सकिने, सिंगल साइन अन, रेकर्डिङ ट्रान्सक्रिप्ट, म्यानेज डोमेन र कम्पनी ब्रान्डिङ जस्ता सुविधा छन् । यसमा १० होस्ट प्राप्त गर्न सकिने छ । यसको प्याकेजको वार्षिक मूल्य २८ हजार २४१ रूपैयाँ तोकिएको छ ।

त्यसैगरी जुम इन्टरप्राइज प्लानमा कर्पोरेट युआरएल रिक्वेस्ट, सिंगल साइन अन, हाइब्रिड क्लाउड सर्भिस लगायतका सुविधा छन् । यसमा ५० होस्ट प्राप्त गर्न सकिने छ । यस प्याकेजको वार्षिक मूल्य ३२ हजार ९४८ रूपैयाँ रहेको छ । यसबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।