नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु संचालन गर्न थालेको छ ।
कनेक्ट आरटीजीएस प्रणालीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नेपाल क्लियरिङ हाउसले आवद्ध गराएको हो ।
नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तीय संस्थाहरुले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो ।
यससँगै २ लाखभन्दा माथिका भुक्तानीहरु तत्काल गर्न सकिने हुँदा यसले निफ्राको फन्ड म्यानेजमेन्ट थप सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।