कीवर्डहरू -

काठमाडौं विश्वविद्यालयमा पोस्टग्रेस्क्युएल कन्फेरेन्स सम्पन्न

काठमाडौं विश्वविद्यालयमा पोस्टग्रेस्क्युएल कन्फेरेन्स सम्पन्न
नेपालमै पहिलो पटक काठमाडौं विश्वविद्यालयमा आयोजना गरिएको पोस्टग्रेस्क्युएल (PostgreSQL) कन्फेरेन्स २०१८ सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार आयोजना गरिएको सो कन्फरेन्समा ७० भन्दा बढी विद्यार्थी र प्रोफेसनलहरु सहभागी भएका थिए ।
कन्फेरेन्समा २ कीनोट स्पिच, १२ टक सेसन र २ वर्कसप सञ्चालन गरिएको थियो । यसअन्तर्गत पोस्टग्रेस्क्युएलमा काम गरिहेका ४ जना इन्टरन्याश्नल डेलिगेट्सहरुले कीनोट स्पिचका साथमा यस क्षेत्रका बारे सहभागीलाई जानकारी प्रदान गरेका थिए ।
कन्फेरेन्सले नेपालजस्तो विकासशील देशहरुमा ओपन सोर्स डाटाबेसहरुको प्रयोग गर प्रवद्र्धन गर्न सके धेरै लाभ लिन सक्ने निश्कर्ष निकालेको काठमाडौं विश्वविद्यालयका इन्फर्मेशन एन्ड ल्यागंवेज प्रोसेसिङ रिसर्च ल्याबका लिड रिसर्चर एसिस्टेन्ट प्रोफेसर बालकृष्ण बलले बताए ।