कीवर्डहरू -

इसेवाले माग्यो ६ जना कर्मचारी, यसरी दिनुहोस् आवेदन

इसेवाले माग्यो ६ जना कर्मचारी, यसरी दिनुहोस् आवेदन

नेपालको भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ६ जना डेभलपर माग गरेको छ । एफवान सफ्ट ग्रुप अन्तर्गत सञ्चालित कम्पनी इसेवाले ब्याक इण्ड डेभलपर ४ जना र फ्रन्ट इण्ड डेभलपर २ जना माग गरेको हो ।

आगामी जुन ३ सम्म रोजगारीका लागि आवेदन दिन सकिने इसेवाले जनाएको छ । ब्याक इण्ड डेभलपरका लागि कम्तिमा ३ देखि ५ वर्ष सम्मको अनुभव हुनुपर्नेछ भने न्युनतम शैक्षिक योग्यता प्लस टु तोकिएको छ ।

त्यस्तै फ्रन्ट इण्ड डेभलपरमा इसेवाले २ देखि ३ वर्ष सम्मको अनुभव मागेको छ । यसमा पनि न्युन्तम शैक्षिक योग्यता प्लस टु तोकिएको छ ।

जबको प्रकार फुल टाइम रहेको छ । यदी तपाई पनि यी पदमा इच्छुक हुनु हुन्छ भने यहाँ क्लिक गरी जबको बारेमा थप जानकारी लिन र आवेदन दिन सकिने छ । साथै इच्छुक उम्मेदवारले [email protected] मा आफ्नो सिभी पनि पठाउन सक्ने छन् ।