विश्वमै ठुलो इ कमर्श कम्पनीको रुपमा विस्तारित भइरहेको अलिबाबाले नेपालमा दराज डटकम डटएनपी मार्फत बजारमा प्रवेश गर्ने भएको छ । पाकिस्तान, बङ्लादेश, श्रीलङ्का, म्यानमार र नेपालको प्रमुख इ–कर्मश कम्पनी दराज गु्रपले सो कम्पनी अलिबाबाले प्राप्त(एक्विजिशन) गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ । अब दराज अलिबाबा गु्रपको सदस्य भएको सार्वजनिक गरेको हो ।
यससँगै, दराजले अलिबाबाको प्रविधि, अनलाइन कर्मश संचलानमा भएको अनुभव र नेतृत्वलाई करिब ४६ करोड जनासङ्ख्या समेट्ने दक्षिण एसियाका ५ देशहरुमा आफ्नो बजारलाइ विस्तार गर्न प्रयोग गर्न सक्नेछ । दराज सन् २०१२ मा संस्थापना भई इ–कर्मश प्लाटफर्मको प्रमुख गन्तव्यको रुपमा स्थापित भएको छ ।
दराज हाल पाकिस्तान, बङ्लादेश, श्रीलङ्का, म्यानमार र नेपालमा संचालनमा छ । अलिबाबा गु्रप अन्तर्गत पनि दराज आफ्नै ब्रान्ड “दराज” सहित संचालनमा हुनेछ ।
दराजका सह–प्रमुख कार्यकारी अधिकृत, बिर्याके मिकेल्सनका अनुसार “यस कारोबारसँगै दराजले अलिबाबा परिवारमा सदस्यता पाएको छ र हामी ‘‘जहाँ पनि व्यापार गर्न सहज पारौँ’ भन्ने अभियानमा सहभागी हुन पाउँदा गर्ववान्वित छौँ । हामीले धेरै परिश्रम र सर्मपणका साथ दक्षिण एसियाका ५ देशहरुमा इ–कर्मशको यात्रा सुरु गर्यो, यद्यपि हामीले यी देशहरुमा इ–कर्मशमा पूर्ण क्षमताका साथ कार्य गर्न बाकीँ नै छ ।
दराजका सह–प्रमुख कार्यकारी अधिकृत, डा.जोनाथन डोअरका अनुसार हामी अलिबाबासँगको सहकार्यमा यस क्षेत्रका उद्यमीहरुको सशक्तिकरणमा सहयोग पु¥याउन र हामीले हाम्रा ग्राहकलाई सरलताका साथ गुणस्तरिय उत्पादनहरु उपलब्ध गराउन गरेको प्रतिज्ञा पुरा गर्न तत्पर छौँ ।
यसलाई उच्चस्तरको प्रविधि, बलियो संचालन संजाल र जोसिला स्थानीय समुदायको साथले सर्मथन गर्नेछ ।
२० लाख उत्पादनहरुका साथ, दराजले इलेक्टोनिकस्देखि घरायसी सामग्रीहरु, सौन्र्दय, खेल समग्री र ग्रोसरीहरु उपलब्ध गराउँदै आएकोछ । स्तरिय ग्राहक अनुभवमा केन्द्रित दराजले क्यास अन डेलिभरी लगाएतका पेमेन्टको सुविधा, स्तरीय ग्राहक सेवा र सहज समान फिर्ताको सेवा दिइरहेको छ । अलिबाबा गु्रप होल्डिङ लिमिटेडले दराजको पुर्ण स्वामित्व ग्रहण गरेको छ ।