कीवर्डहरू -

वालमार्टले १६ अर्ब डलरमा किन्यो फ्लिपकार्ट

वालमार्टले १६ अर्ब डलरमा  किन्यो फ्लिपकार्ट

अमेरिकी कम्पनी वालमार्टले भारतको सबैभन्दा ठुलो अनलाइन रिटेलर फ्लिपकार्टको ७७ प्रतिशत सेयर कीनेको छ । कम्पनीको मुल्यांकन जम्मा २० दशमलब ८ अर्ब डलरको मुल्यांकन गर्दै वालमार्टले १६ अर्ब डलरमा उक्त कम्पनीको सेयर खरिद गरेको हो ।

फ्लिपकार्टको भारतभरमा १० करोड ग्राहक छन् । अमेजनका पुर्वकर्मचारी सचिव वन्सल र बिन्नी बन्सलले सन् २००७ मा फ्लिपकार्ट सुरु गरेका थिए । भारत संसारकै आकर्षक र ठुलो बजार भएका कारण भारतको फेसन,इलेक्ट्रोनिक्स र डिजिटल पेमेन्ट क्षेत्रमा फ्लिपकार्टको राम्रो उपस्थिति छ ।

यसकारण पनि वालमार्टले फ्लिपकार्ट खरिद गरेको हो ।

फ्लिपकार्टमा जापानी कम्पनी सफ्टब्यांकको पनि लगानी रहेको छ । भारतको बैंगलोरमा अवस्थित कम्पनीमा उक्त जापानी कम्पनीले साढे दुई अर्ब डलर लगानी गरेको छ । गत बर्ष साढे दुई अर्ब डलर लगानी गरेको सफ्टबैंकलाई फ्लिपकार्टको बिक्रिपछि ४ अर्ब डलर प्राप्त हुनेछ ।

\"\"

यो खरिद पछि फ्लिप्कार्टका अधिकांश लगानीकर्ता बाहिरिने छन् । यसमा संस्थापकद्वय वन्सल,चिनियाँ प्रबिधि कम्पनी टेनसेन्ट र माइक्रोसफ्ट पनि छन् ।

फ्लिपकार्ट भारतको अमेजनको रुपमा परिचित छ । यसका संस्थापकद्वयलाई भारतमा प्रेरणादायी  व्यक्तिको रुपमा चिनिन्छ । वालमार्टले फ्लिपकार्टको अधिकांश सेयर किन्ने निर्णय गरेको भएता पनि भारतीय आधिकारिक निकायबाट स्वीकृत हुन बाँकी छ ।

कतिपय भारतीयहरुले यो किनबेचको बिरोध पनि गरिरहेका छन्। बिदेशी कम्पनीलाई यसको बिक्रिले अनलाइन बजारमा भारतीय कम्पनीको पहुँच गुम्ने बिरोधिहरुको दाबी छ ।

सवा अर्ब जनसंख्या भएको भारत यस्ता अनलाइन किनबेच गर्ने प्लेटफर्मको लागि ठुलो सम्भावना भएको बजार हो ।जहाँ इन्टरनेट प्रयोगकर्ताहरुको संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धि भइरहेको छ । भारत सरकारले पनि डिजिटल इन्डियाको नारा दिएर आफ्ना जनतालाई प्रविधिसँग अभ्यस्त गराउने प्रयाश गरिरहेको छ ।

गत बर्ष भारतभर अनलाईनको माध्यमबाट २१ अर्ब डलर बराबरको किनबेच भएको थियो ।यसमा फ्लिपकार्टको हिस्सा ३ अर्ब डलर थियो । भारतमा ठुलो जनसंख्या भएका कारण आगामी बर्षहरुमा अनलाईन किनबेच अझ बढ्न सक्ने अनुमान गरिएको छ ।(कान्तिपुर)