कीवर्डहरू -

क्यानले \'सस्टेनएबल डेभलपमेन्ट गोल फोर स्मार्ट सोसाइटी\' बिषयमा कन्फ्रेन्स आयोजना गर्दै

क्यानले \'सस्टेनएबल डेभलपमेन्ट गोल फोर स्मार्ट सोसाइटी\' बिषयमा कन्फ्रेन्स आयोजना गर्दै

फेडेरेशन अफ कम्प्युटर एसोशिएशन नेपाल( CAN Federation) ले क्यान आइसीटी कन्फ्रेन्स २०१८, को १८ औं संस्करण आयोजना गर्ने भएको छ । उक्त कन्फ्रेन्स जुन १७ र १८ मा होटेल हिमालयमा आयोजना गरिने भएको हो ।

यसपटकको कन्फ्रेन्सको स्लोगन 'सस्टेनएबल डेभलपमेन्ट गोल फोर स्मार्ट सोसाइटी' ( sustainable development goals  for smart society ) रहेको छ । यो सम्मेलन एउटा साझा मंच रहेको आयोजकले जनाएको छ ।

जहाँ, नीति निर्माता,सरकारी तथा गैह्र सरकारी एजेन्सी,ब्यांकर्स,स्वास्थ्य संस्थाका व्यक्तीहरु, पर्यटन ब्यबसायी,आधुनिक कृषक,पत्रकार, न्यायपालिका र वकीलहरू , आइसिटी प्रोफेसनल, सामाजिक अभियन्ताहरु तथा बिद्यार्थी र उद्धमी आदि सम्पूर्ण क्षेत्रका व्यक्तिहरुले उक्त सम्मेलनमा सहभागिता जनाउन सक्नेछन् ।

यो आइसिटी कन्फ्रेन्समा सामाजिक,आर्थिक र राजनीतीको दिगो विकासका लागि कसरि आइसीटीको प्रयोग गर्न सकिन्छ भन्ने बारेमा योजना निर्माण गर्न ,डिसिजन मेकर्स, सरकारी एजेन्सी,निजी क्षेत्र,खोजकर्ता, उद्योगपती  तथा एक्स्पर्टहरु सम्पूर्णलाई एकै स्थानमा भेला पार्ने यो सम्मेलनको उद्देश्य हो ।

सम्मेलन टेक्नोलोजीको खोज,मानव विकासमा यसको योगदान तथा यसको सामाजिक-आर्थिक प्रभावका बारेमा केन्द्रित रहने छ । कार्यक्रमको मुख्य अवधारणा दिगो विकासको लक्ष्यहरु  पुरा गर्नको लागि सम्पूर्ण सरोकारवालाहरुलाई स्मार्ट समाजको निर्माणको लागि आइसिटीको प्रयोगको बारेमा जागृत गराउनु हो । आयोजकले कार्यक्रमको लागि कार्यपत्र पेश गर्न पनि अनुरोध गरेको छ ।