कीवर्डहरू -

हुवावेको नोभा थ्रीई नेपाली बजारमा

हुवावेको नोभा थ्रीई नेपाली बजारमा


दुई महिनाअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएको हुवावेको नयाँ स्मार्ट फोन नोभा थ्रिइ नेपाली बजारमा भित्रिएको छ ।


नेपाली स्मार्ट फोन पारखीहरूले छोटो समयमै लोकप्रिय नोभा थिइको धेरैले प्रतिक्षा गरिरहेका थए । हुवावेको पछिल्लो उत्पादन कल मोबिलिटीले नेपाली बजारमा भित्र्याएको हो ।


अगाडि र पछाडि दुबै भाग मोटो र नफुट्ने सिसाले बनेको र स्क्रिनको चारैतिर पात्लो दभशभ िले घेरिएको छ । नेपाली बजारमा अहिले दुई रङ गाढा नीलो र निखर कालो मा उपलब्ध छन् । तर, साकुरा पूmल जस्तै गुलाबी रङमा पनि यो स्मार्ट फोन चाँडै उपलब्ध हुनेछ ।


सेल्फीका लागि यो राम्रो स्मार्ट फोन हुनसक्छ । १६ मेगा पिक्सेल क्यामेरा–जडित नोभा थ्रिइमा उच्चस्तरको पिक्चर क्वालिटी छ ।


५.८४ इञ्च ठूलो फुल भ्यु डिस्प्ले भएको यो स्मार्ट फोनमा भिडियो हेर्दा ठूलो पर्दामा फिल्म हेरे भैm लाग्छ । २.५ इन्च कर्भड ग्लासद्वारा सुरिक्षत यो फोन बलियो पनि छ । साथै, स्क्रिनको एस्पेक्ट रेसियो १९ स् ९ रहेको छ । अहिले नेपाली बजारमा उपलब्ध अधिकांश चर्चित स्मार्ट फोनहरू भन्दा नोभा थ्रिइ राम्रो रहेको कम्पनीले दाबी गरेको छ ।


चार गिगाा बाईट र्याम रहेको यसमा ६४ जिबीको इन्टरनल स्टोरेज रहेको छ ।  ३ हजार एमएएचको व्याट्री व्याकअप रहेको यसमा रियर क्यामेरा १६ र २ मेगापिक्सलको ड्युलको रुपमा रहेको छ ।

Nova 3e का विशेषताहरू

  • Display: 5.84-inch FullHD+ IPS (1080*2160),
  • SIM : Hybrid Dual Nano (SIM+SIM or SIM +microSD)
  • OS: EMUI 8.0 on top of Android 8.0 Oreo
  • Fingerprint Sensor: Rear Mounted
  • Chipset: HiSilicon Kirin 659
  • CPU: Octa-core (4×2.36 GHz Cortex-A53 & 4×1.7 GHz Cortex-A53)
  • RAM: 4GB
  • Storage: 64GB, Expandable with microSD up to 256GB
  • Rear Camera : 16MP + 2MP Dual Camera, Phase Detection Autofocus, Bokeh mode, Motion Photos, 1080p @30fps
  • Front Camera: 16MP, f/2.0 aperture, Stickers, Beauty Mode, 1080p @30fps
  • Connectivity: Dual Hybrid SIM (4G) Bluetooth 4.2, USB Type C
  • Battery: 3000mAh
  • Height: 148.6mm; Width: 71.2; Depth: 7.4mm