कीवर्डहरू -

वल्र्डलिंकका ग्राहकलाई \'बुलगार्ड इन्टरनेट सेक्युरिटी\' निशुल्क 

वल्र्डलिंकका ग्राहकलाई \'बुलगार्ड इन्टरनेट सेक्युरिटी\' निशुल्क 

वल्र्डलिंक कम्युनिकेशनले इन्टरनेटमा नयाँ अफर सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक भएको नयाँ अफरमा वल्र्डलिंकका नयाँ इन्टरनेट ग्राहकले बुलगार्ड इन्टरनेट सेक्युरिटी निशुल्क प्राप्त गर्नेछन ।


इन्टरनेट ब्राउजिङ थप सुरक्षित र भरपर्दो बनाउन कम्पनीले युरोपको लोकप्रिय इन्टरनेट सेक्युरिटी प्रडक्ट बुलगार्डसँग सहकार्य गरेको छ । नेपालमा फाल्कन इन्टरनेशनलले बुलगार्डका एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु केहि समयदेखि बजारमा उपलब्ध गराउदै आएको छ ।


इन्टरनेट प्रयोगकर्तालाइ थप सेवा र सुविधा दिदै आक्रामक बजारमा अघि बढिरहेको वल्र्डलिंकले पछिल्लो समय इन्टरनेट सेक्युरिटी डिभाइस निशुल्क गरेको हो । नयाँ इन्टरनेट जोड्ने वा रिन्यु गर्ने ग्राहकहरुले अब बुलगार्डको एक वर्षसम्म प्रयोग गर्न मिल्ने इन्टरनेट सेक्युरिटी निशुल्क प्रदान गर्ने भएको हो ।


बुलगार्ड इन्टरनेट सेक्युरिटी युरोपको लोकप्रिय उच्चस्तरिय भाइरस प्रोटेक्सन तथा सेक्युरिटी प्रडक्ट हो, जसलाइ बजारमा १५ सयको हाराहारीमा पर्दछ । विन्डोज, म्याक र एन्ड्रोइडमा समेत प्रयोग गर्न सकिने प्रडक्ट वल्र्डलिंकका ग्राहकलाइ निशुल्क प्रदान गरिएको फाल्कन इन्टरनेशनलका जेनेरल म्यानेजर अनिल महर्जनले जानकारी दिए । यो स्किम बुधवारदेखि नेपालभरी लागु गरिएको वल्र्डलिंकले जनाएको छ । सुरुमा १ लाख ग्राहकहरुलाई बुलगार्ड निशुल्क दिने कम्पनीले घोषणा गरेको छ  ।

\"\"