कीवर्डहरू -

आज विश्व दुरसञ्चार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिदै 

आज विश्व दुरसञ्चार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरिदै 

आज मे १७ का दिन विश्वभर दुरसञ्चार दिवसको रुपमा मनाउने गरिएको छ । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरि यो दिवस मनाइदै छ ।

सन् १९६९ देखि आइटियुको अग्रसरतामा यो दिवस मनाउन मनाउन सुरु गरिएको हो । यस वर्ष सबैका लागि आर्टिफिसियल इन्टेलिजेन्स भन्ने मुख्य नारा सहित संसारभरका आइटियुका सदस्य देशहरुले यो दिवस मनाउदै छन ।

यसैगरी आजैका दिन वल्र्ड इन्फरमेशन सोसाइटी डे पनि मनाउने गरिएको छ । सन् २००६ देखि सुरु भएको यस दिवसमा समाजमा सुचनाको महत्व र प्रभावको बारेमा छलफल गर्ने गरिन्छ ।

नेपालमा दुरसञ्चार प्राधिकरणले रसियन कल्चरमा एक विशेष कार्यक्रमको आयोजना गर्दैछ । सञ्चार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाको मुख्य आतिथ्यमा हुने यस कार्यक्रममा दिगो विकासमा आर्टिफियस इन्टेलिजेन्स विषयमा प्यानल डिस्कसन समेत सञ्चालन हुनेछ ।

नेपालमा अहिले १ सय ३० प्रतिशतभन्दा बढि मोवाइल सिम प्रयोगकर्ताको तथ्यांक छ भने ४० प्रतिशत बढिले जिपिआरएस सहितको इन्टरनेट चलाउने गरेका छन ।

नेपालका ११ = १५ प्रतिशत घरपरिवारमा कम्प्युटर रहेको छ । अहिलेसम्म ३ करोड ७५ लाख सिमकार्ड विक्री भएको छ । कुल जनसंख्याको ३५ प्रतिशत व्यक्ति मोबाइलबाट इन्टर्नेट प्रयोग गर्छन । विश्वका १७० देश मध्य सुचना प्रविधिको विकासको हिसाबले नेपाल १४० औं स्थानमा पर्छ ।