कीवर्डहरू -

ओपोको रियलमी १ अब चाँडै नेपाली बजारमा

ओपोको रियलमी १ अब चाँडै नेपाली बजारमा

ओपोले विभिन्न देशहरुमा नयाँ मोडलको स्मार्टफोन रियलमी १ सार्वजनिक गरेको छ । ओपोको उक्त सेट चाँडै नेपालमा पनि सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । ३२,६४ र १२८ जीबी भेरीयन्टमा उपलब्ध हुने स्मार्टफोन रियलमी १ को नेपाली मूल्य रु १५ देखि २५ हजार सम्म रहने अनुमान गरिएको छ ।

\"\"

फोन ६ इन्चको ठुलो टचस्क्रिन डिस्प्लेमा आएको छ,जसमा,१०८० x २१६० पिक्सेल रेजोलुसन तथा १०३ पिपीआइ डेनसीटि छ । त्यसैले हामीले अनुमान गर्न सक्छौँ कि यो फोनको स्क्रिनमा गेम खेल्दा अथवा भिडियोहरु हेर्दा छुट्टै अनुभव प्राप्त हुन्छ ।

रियलमी १ मा मिडियाटेक एमटि ६७७१ हेलिओ पी ६० को २ गिगाहर्ज क्लक स्पिड अक्टाकोर प्रोसेसर र ३ जीबी र्यामले फोनको प्रस्तुती एकदम छिटो बनाएको छ । फोनमा ३२ जीबी इन्टरनल स्टोरेज छ जसलाई २५६ जीबी सम्म बढाउन सकिन्छ ।

\"\"

जहाँ सम्म क्यामेराको कुरा छ,यो नयाँ डिभाइसमा १३ एमपीको रियर र ८ एमपीको सेल्फी शुटर सेट छ । फेज डीटेक्सन,एलईडी फ्ल्यास,टच फोकस,फेस डिटेक्सन जस्ता फिचरहरु यसको क्यामेरामा उपलब्ध छन् । फोनमा,यी सम्पूर्ण कुराहरु अपरेट गर्नका लागि ३४१० एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ ।

\"\"

Oppo Realme 1 का विशेषताहरु

Dimension: 156.5 x 75.2 x 7.8 mm

Display: 6.0 inches, IPS LCD capacitive touchscreen, 16M colors

Resolution: 1080 x 2160 pixels (~402 ppi density)

OS: Android 8.1 (Oreo) supported by ColorOS 5.0

Chipset: MediaTek MT6771 Helio P60

RAM: 3 GB/ 4GB/ 6 GB

Memory: 32GB/ 64 GB/ 128GB (expandable up to 256GB)

Front Camera: 13 MP, phase detection autofocus, LED flash, Geo-tagging, touch focus, face detection, HDR, panorama

Secondary Camera: 8 MP

Video: 1080p@30fps

SIM: Dual SIM (Nano-SIM, dual stand-by)

Battery: Non-removable Li-Ion 3410 mAh battery

Sensors: Accelerometer, gyro, proximity, compass