कीवर्डहरू -

सोनी एक्सपेरिया एलटु नेपालमा लन्च

सोनी एक्सपेरिया एलटु नेपालमा लन्च

केहि समय अघि सिईएस २०१८ मा लन्च भएको सोनी एक्सपेरिया एलटु, नेपालमा पनि सार्वजनिक भएको छ । यो सोनीको नेपाली बजारमा भित्रिएको  मिड बजेट स्मार्टफोन हो,जसको मूल्य कम्पनीले रु.२६ हजार तोकेको छ ।

फोनको डिस्प्ले ५.५ इन्चको छ,जसको रेजोलुसन ७२० x १२८० पिक्सेल छ । अहिले नेपाली बजारमा उपलब्ध सामान्य फोनहरुमा झैं यसमा पनि परम्परागत एचडी डिस्प्ले छ,यसकारण सोनीको यो फोनको डिस्प्लेमा खासै नयाँ केहि छैन् ।

फोनको प्रस्तुतीको कुरा गर्दा सोनी एक्सपेरिया एलटुमा ३ जीबी र्यामको साथमा मिडियाटेक क्वाडकोर प्रोसेसर समावेस छ । ३२ जीबीको इन्टरनल स्टोरेज छ,जसलाइ २५६ जीबी सम्म बढाउँन सकिन्छ । यसको रियरमा १३ एमपीको क्यामेरा फिट गरिएको छ । र फ्रन्टमा ८ एमपीको सेल्फी शुटर छ ।

एन्ड्रोईड ७.१.१ नोगात अपरेटिङ सिस्टममा रन गर्ने यो स्मार्टफोनमा ३३०० एमएएचको नन रिमुभेबल ब्याट्री प्याक भएको छ ।

Sony Xperia L2 को स्पेसीफिकेशन:

Display : 5.5-inch HD display with Gorilla Glass 4

CPU : Quad-core MediaTek MT6737T

OS : Android v7.1.1 Nougat

RAM : 3 GB

GPU : Mali-T720MP2

Storage : 32 GB; Expandable up to 256 GB

Rear Camera : 13 MP with f/2.0 aperture, LED flash

Front Camera : 8 MP front-facing camera, f/2.4 aperture

Sensors : Fingerprint, Accelerometer, proximity, compass

SIM: Dual SIM with 4G

Battery : 3,300 mAh