कीवर्डहरू -

बिरगन्जमा दुई दिनको \"पाईथन जाङ्गो वर्कशप फर गर्ल्स \" सन्चालन हुने

बिरगन्जमा दुई दिनको \

बिरगन्जमा बिट्स इनोभेसन र नेपाल टेलिकम्युनिसन अथोरिटीको आयोजनामा "पाईथन जाङ्गो वर्कशप फर गर्ल्स " संचालन हुने भएको छ । ''पाईथन जाङ्गो वर्कशप फर गर्ल्स " बिराटनगरमा सफलतापुर्वक संचालन भए पछि पुन: बिरगन्जमा गर्न लागिएको हो ।

बिरगन्जका महिलाहरुलाई लक्षित गरेर आयोजना हुन लागेको उक्त वर्कशप मे २६ र २७ गरी  दुई दिन सम्म चल्ने छ । सो वर्कशप सहभागीहरुलाई निशुल्क तालिम प्रदान गरिने छ  ।

बिहान १० देखि साँझ ६ बजे सम्म संचालन हुने सो कार्यक्रममा सहभागीहरुलाई पाईथन तथा जाङगो फ्रेमवर्कको प्रयोग गरेर वेभ एप्लिकेसन निर्माणको आधारभूत परिचय प्रदान गरिनेछ । उक्त दुई दिनको वर्कशपमा सहभागीहरु द्वारा निर्माण गरिएको एप्लिकेशनलाई गीटहब प्रोफाइलमा अपलोड गरिने छ ।

"पाईथन जाङ्गो वर्कशप फर गर्ल्स " मा सहभागी हुनका लागि [email protected]/workshopbirgunj यो लिंकमा गएर रजिस्टर गर्न सकिने छ । उक्त कार्यक्रमलाइ बिट्स इनोभेसन तथा नेपाल दुर संचार प्राधिकरणले अर्गनाइज गरेको हो,जसको करियर पार्टनरको रुपमा मेरोजब तथा डिजिटल पार्टनरमा खल्ती छ भने लिभिङ विथ आइसीटी र ग्लोकल खबर मिडिया पार्टनर रहेका छन् ।

यसका साथै यो इभेन्टलाई सीएसआइटीले सपोर्ट गरेको छ ।