कीवर्डहरू -

नेपाल टेलिकमका डाटा प्रयोगकर्ता एक करोड नाघे

नेपाल टेलिकमका डाटा प्रयोगकर्ता एक करोड नाघे

नेपाल टेलिकमले हालै प्रकाशित गरेको पछिल्लो एमआईएस रिपोर्टका अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पुगेका छन् ।

टेलिकमका अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय , सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय , वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता छन् । कम्पनी २०७४ चैतसम्मको नतिजा सार्वजनिक गरेको हो ।

२०७४ असार मसान्त सम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा २०७४ चैत अन्त्य सम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको टेलिकमले बताएको छ ।

यस अनुसार २०७४ असारसम्मको ग्राहक आधारको तुलनामा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कम्पनीको डाटा सेवाका ग्राहक आधार २०.५१ प्रतिशतले वृद्धि भएको हो ।

टेलिकमको रिपोर्ट अनुसार २०७४ चैत मसान्त सम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ रहेका छन् ।

कम्पनीले सेवाग्राहीहरुको सुविधाका लागि हाल सस्तो दरका विभिन्न प्रकारका प्याकेज र अफरहरु उपलब्ध गराइरहेको छ । यस्ता प्याकेज र अफरहरुका कारण पनि कम्पनीका डाटा प्रयोगकर्ताको संख्या बढिरहेको हो