कीवर्डहरू -

गूगल डुओमा अब भिडियो कल सँगै स्क्रिन शेयर फिचर पनि

गूगल डुओमा अब भिडियो कल सँगै स्क्रिन शेयर फिचर पनि

गूगल भिडियो कलिंग एपमा नयाँ स्क्रीन शेयरिंग फीचर जोडिएको छ । यो फीचरद्वारा  यूजर्सले अब आफ्नो साथीहरुसँग स्क्रीन शेयर गर्न सक्नेछन् । गूगल डूओको यो फीचरको यूजरहरु धेरै समय देखि पर्खाइमा थिए । तर यो फीचर स्काइपको भिडियो कलिंग एपमा धेरै अघि देखि नै समावेश छ ।

गूगल यो फीचरमा धेरै महीना देखि काम गरिरहेको थियो  । गूगलले गूगल डूओ भर्जन 34 अपडेट रोल आउट गरेको हो । यहि अपडेटसँगै यूजर्स यो फीचरको प्रयोग गर्न सक्नेछन् । यो फीचरको माध्यमबाट यूजरले आफ्नो स्क्रीन आफ्नो साथी सँग शेयर गर्न सक्छन् ।

गूगल डुओले यसरि काम गर्छ

  • यो फीचर प्रयोग गर्नको लागी तपाईले भिडियो कल भइरहेको बेला गूगल डूओ को कलिंग स्क्रीन के बायाँ तर्फ भएको स्क्रीन शेयरिंग आइकनमा ट्याप गर्नुपर्छ ।

  • त्यसपछि म्यूट बटन र फ्रंट र रियर क्यामेरा टगल बटनको ठीक माथी न्यू स्क्रीन बटन देखिन्छ ।

  • तपाईले त्यो बटनमा क्लिक गरेपछि एउटा वार्निंग म्यासेज पप-अप हुन्छ जसमा , 'डूओ तपाईको स्क्रीनको सबै चीज क्याप्चर गर्न शुरू गर्नेछ' भनि लेखिएको हुन्छ । यसको  साथै एउटा चेक बक्स बनेको हुन्छ जसमा ट्याप गरेपछि तपाईले यो वार्निंग म्यासेज भविष्यमा देख्न सक्नु हुन्न ।

  • तपाईले स्टार्ट नाउमा ट्याप गरेपछि , स्क्रीन शेयरिंग शुरू हुन्छ । त्यसपछि तपाइले भिडियो कल गरिरहनु भएको यूजरले तपाईको स्क्रीन एक्सेस गर्न सक्छ । त्यसपछि तपाईको स्क्रीनमा एउटा रातो पट्टी देखा पर्छ , जसले स्क्रीन की रिकार्डिंग शुरू भईसकेको सूचीत गराउँछ ।

  • तपाईले आफ्नो इच्छा अनुसार स्टप बटनमा ट्याप गरेर रेकर्डिंग बन्द गर्न सक्नुहुन्छ