कीवर्डहरू -

सावमी मी ८ को मूल्य,स्पेसिफिकेशन तथा तस्बीर भयो लीक

सावमी मी ८ को मूल्य,स्पेसिफिकेशन तथा तस्बीर भयो लीक

सावमीले अहिले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन Mi 8 मे ३१ मा चीनमा सार्वजनिक गर्ने आधिकारिक पुष्टि गरेको छ । सावमीले कम्पनीको आठौँ बार्षिकोत्सवको अवसरमा उक्त स्मार्टफोन लन्च गर्ने तयारी गरेको हो । लन्च अघिनै Xiaomi Mi 8 को स्पेसिफिकेशन तथा तस्बीरहरु लीक भएको छ ।

सो स्मार्टफोन  ३ डी फेशियल स्क्यानिंग,स्न्यापड्रागन प्रोसेसर तथा भर्टिकल डुअल क्यामेरा सेटअप सहित आउने चर्चा छ ।

चाईनीज साइट गिज्मोचाईनामा एउटा तस्वीर देखिएको छ ।जसमा सावमीको प्रस्तुती देखाइएको छ ।यसबाट सावमी मी ८ को स्टोरेज,र्याम भेरियेन्ट,मूल्य तथा प्रमुख फीचरको बारेमा स्पष्ट गरिएको छ ।

तस्वीरका अनुसार सावमी मी ८ मा ६.०१ इन्चको डिस्प्ले रहनेछ । जसमा फिंगरप्रिन्ट स्क्यानर छ । स्न्यापड्रागन ८४५ प्रोसेसर छ,साथमा ६ जीबी अथवा ८ जीबी र्याम विकल्प रहनेछ ।

स्टोरेज विकल्प ६४ जीबी र १२८ जीबी हुनेछ । Xiaomi Mi 8 मा एआइ क्यामेरा हुनेछ,जसलाई 2x प्टिकल जूमले सपोर्ट गर्छ। यस बाहेक फोनमा ३ डी फेशियल स्क्यानिंग हुनेछ ।

६ जीबी र्याम भेरियन्टको मूल्य २,७९९ युआन तथा ८ जीबी भेरियन्टको मूल्य ३,१९९ युआन रहेको साइटमा खुलाइएको छ ।

लीक भएको तस्वीरमा देखिए अनुसार ब्याकमा ग्लास प्यानल छ र डुअल भर्टिकल क्यामेरा सेटअप छ । Xiaomi Mi 8 मा नच डिस्प्ले समाबेश छ।सावमीको यो नयाँ स्मार्टफोनको प्रतिष्पर्धा वनप्लस ६ सँग हुने छ ।