कीवर्डहरू -

गूगलले पहिलो स्मार्टवाच सार्वजनिक गर्दै

गूगलले पहिलो स्मार्टवाच सार्वजनिक गर्दै

अमेरिकी बहुराष्ट्रीय प्राविधिक कम्पनी गूगल द्वारा बनाईएको प्रथम स्मार्टवाच २०१८ सालको अन्ततिर सार्वजनिक हुने अनुमान गरिएको छ

भरपर्दो र सहि लीक न्यूज दिने टेक लीकर- एभलीक्सका अनुसार , गूगलले आगामी फल हार्डवेयर कार्यक्रममा पिक्सेल ३ , पिक्सेल ३ एक्सेल र सेकेन्ड-जेन पिक्सेल बड्सका साथ आफ्नो नयाँ पिक्सेल वाच पनि सार्वजनिक गर्नेछ

जर्मन टेक ब्लग , विन फ्युचरले पनि सो समाचारको पुष्टि गर्दै उक्त्त स्मार्टवाच क्वालकोमको नयाँ वेयरएबल प्लेटफर्ममा आधारित गूगलको वेयर ओएसमा संचालन हुनेछ।

वेयर ओएस स्मार्टवाचका लागि नयाँ उच्च-निष्पादन अवरोधी चिप को समाचार संगै , पिक्सेल वाच यो नेक्सट-जेने प्रोसेसर को उपयोग गर्ने पहिलो हुन सक्छ । पहिले एन्ड्रोइड वेयरको रुपमा चिनिने वेयर ओएस एलजी , एस्स , फोस्सिल , ह्वावेई , लेनोभो , मौन्ट ब्ल्यांक आदि जस्ता ब्रान्डका स्मार्टवाचहरुमा सञ्चालन भैरहेको छ । तथापि , यी स्मार्टभिडियोहरूले बजारमा एप्पल , साओमि र फिटबिट ( जुन वेयर ओएसमा संचालन गर्दैनन्) जस्ता ब्रान्डका स्मार्टवाचहरु संग राम्रो प्रतिस्पर्धा गर्न सकेनन्।

एन्ड्रोइड पीमा आधारित , वेयर ओएसको आगामी संस्करणमा अधिक स्वायत्तता हुनेछ , जुन यसको अहिलेसम्मको कमजोर अंकहरू मध्ये एक थियो। यस्तो हुदा एप्प्सहरु वाच चार्ज गर्दा मात्र पृष्ठभूमिमा चल्न सक्षम हुनेछन्।

\"\"

यसरी ब्याट्रीको पावर बचत र ब्याट्रीको जीवन विस्तारमा पनि फाइदा हुन्छ । थप रूपमा , स्क्रीनको पढ्न सकिने योग्यता र बिजुलीको खपतको लागि एउटा नयाँ अझ अंध्यारो युजर इन्टरफेस डिफल्टमा स्थापित गरिने छ ।

निश्कर्षमा भन्नु पर्दा , नेक्सट-जेने प्रोसेसर र अपग्रेडेड ओएस संस्करणले सुसज्जित पिक्सेल वाच २०१८ सालको अन्तिम तिर सार्वजनिक हुने अनुमान गरिएको छ । उक्त्त पिक्सेल वाचले एप्पल कम्पनीको एप्पल वाचसंग अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्क्षम भएको विश्वास गरिएको छ ।