कीवर्डहरू -

अब स्मार्ट चिप कार्ड प्रिन्ट स्वदेशमै, जेब्राले सुरु गर्यो अत्याधुनिक सेवा

अब स्मार्ट चिप कार्ड प्रिन्ट स्वदेशमै, जेब्राले सुरु गर्यो अत्याधुनिक सेवा

नेपालमा अत्याधुनिक आईडी तथा समार्ट कार्ड प्रिन्टर भित्रिएको छ । अमेरिकाको जेब्रा कम्पनीले  पहिलो पटक नेपालमा सेवा विस्तार गरेको छ । मालिका इन्कर्पोरेटले नेपाली बजारमा भित्राएको जेब्रा कम्पनीले बिद्यालय, स्वस्थ, लाइसेन्स लगायतमा डिजिटल कार्डले सेवा दिने जनाइएको छ ।

सुक्रबार होटल अन्नपुर्णमा पुर्ब गृहमन्त्रि जनार्दन शर्माले उक्त सेवाको शुभारम्भ गरेका छन् । बैंक , स्कुल/कलेज तथा अस्पतालहरुको स्मार्ट आईडी कार्ड तत्काल उपलब्ध गराउने उद्देश्यले मलिका इन्कर्पोरेट प्रालिले आडडी कार्ड प्रिन्टर नेपालमा पनि भित्र्याएको जनाएको छ ।

अब महिनौ लाग्ने स्मार्ट आइडी कार्ड निर्माणको कामलाई केहि दिनमै सहज र सुलभ तरिकाले उपलब्ध गराउन सकिने कम्पनीका अध्यक्ष टीकाराम जोशीले जानकारी दिए । भारत लगायत १०० बढी देशमा जेब्राले सेवा दिरहेको कम्पनीले जनाएको छ

जेब्रा जेटएक्सपीथ्री आइडी नाम दिइएको सो प्रिन्टरले राष्ट्रिय परिचय पत्र बनाउने सरकारको योजनालाई पनि सहज बनाउने दावी गरिएको छ । चिपमा आधारित स्मार्ट कार्डको प्रिन्ट सहज र सुरक्षित रुपमा गर्न सक्ने जनाएको छ ।

बैंकका एटिएम कार्डहरु केहि घण्टामै प्रयोगकर्तालाइ उपलब्ध गराउन सकिने कम्पनीले दाबि गरेको छ । सरकारले सेवा गर्ने मौका दिए देशभरका १० लाख बढी लाइसेन्सलाइ ३ महिनाको समयमा नै स्मार्ट चिपकार्डको रुपमा तयार गर्न सकिने जोशीले दाबि गरेका छन् ।