कीवर्डहरू -

बिराटनगर र बिर्तामोडमा \'आईसिटी एंड साईबर सेक्युरिटी फर गर्ल्स\' कार्यक्रम सम्पन्न

बिराटनगर र बिर्तामोडमा \'आईसिटी एंड साईबर सेक्युरिटी फर गर्ल्स\' कार्यक्रम सम्पन्न

विश्वास तामाङ, काठमाडौँ ,

बिट्स इनोभेशनले विराटनगरमा जेठ ५ र ६ गते " पाईथन जाङ्गो वर्कशप फर गर्ल्स " सम्पन्न गरेपछि उक्त समुहले झापाको बिर्तामोडमा पनि " आईसिटी एंड साईबर सेक्युरिटी फर गर्ल्स " सेमिनारको अयजोना गरेको छ ।

मनकामना उच्च माध्यमिक विद्यालय, बिर्तामोडमा आयोजित उक्त्त सेमिनारमा कक्षा देखि १० सम्मका छात्राहरुको सहभागिता रहेको थियो।

२ घण्टा लामो सेमिनारको पहिलो सत्रमा बिट्स इनोभेशनका सिटीओ  सन्तोष पूर्बेद्वारा सहभागीहरूलाई आईसीटी क्षेत्रमा महिलाहरुको लागि रहेको अवसर र आईसीटी पहलमा महिलाहरुको सहभागिता र त्यसको वर्तमान परिदृश्य बारे जानकरी दिइएका थिए ।

"साइबर सेक्युरिटी फर गर्ल्स" सेमिनारको दोस्रो सत्रमा भने बिट्स इनोभेशनका सीओओ प्रतिक बस्यालद्वारा सहभागी छात्राहरुलाई साइबर अपराध, त्यसका प्रकारहरु, साइबर अपराध सम्बन्धि केसहरु र त्यसलाई नियनत्रण गर्न नेपालमा लागु गरिएका नियमहरुका साथै साइबर सेक्युरिटीका लागि अपनाउनु पर्ने प्रविधिहरू बारे जानकारी दिइएको थिए।

सेमिनारमा कक्षा ८, ९ र १० का गरि जम्मा ७५ जना छात्राहरु सहभागी थिए र प्रत्येक सहभागीलाई डिजिटल भुक्तानी गेटवे प्रविधिको बारेमा सजग हुन ५० रुपैयाँको खल्ती भाउचर प्रदान गरिएको थियो।

कार्यक्रमको सुरुवातमा सहभागिहरुलाई प्रदान गरिएको प्रश्नोत्तरीको मद्दतले श्री सुमित श्रेष्ठले रिभ्यूहरुको डेटा विश्लेषण गरेका थिए भने बारग्राफ र पाइचार्टको आधारमा आशिष गुरुङले प्रस्तुतीकरण गरेका थिए  ।