कीवर्डहरू -

एनआइसी बैंकको साढे ४६ करोडको \'स्विफ्ट ह्याक’ उत्तर कोरियाली समुहले गरेको खुलसा 

एनआइसी बैंकको साढे ४६ करोडको \'स्विफ्ट ह्याक’ उत्तर कोरियाली समुहले गरेको खुलसा 

एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको आजको नया पत्रिका दैनिकले उल्लेख गरेको छ ।

३ कात्तिक ०७४ मा एनआइसीको ४६ करोड ५६ लाख ५० हजार पाँच सय ५० रुपैयाँ ‘स्विफ्ट ह्याक’ गरी लजारुस ग्रुपले विदेशका विभिन्न बैंकमा पुयाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट पत्ता लागेको हो ।

सिआइबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बैंक ह्याक गरी विदेशी बैंकमा रकम लैजाने उत्तर कोरियाली ह्याकर रहेको खुलेको बताए । उनले भने, ‘एनआइसी एसिया बैंक ह्याक गरी साढे ४६ करोड रुपैयाँ विदेशी बैंक लगिएको र त्यसमध्ये झन्डै सात करोड रुपैयाँ ह्याकरको हातमा परिसकेको विषयमा सिआइबीले अनुसन्धान ग(यो ।


यस क्रममा बैंक ह्याक गर्ने समूह लजारुस ग्रुप रहेको खुलेको छ । यो अन्तर्राष्ट्रिय कुख्याती कमाएको ग्रुप हो । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ ।

यसले संसारका अन्य बैंक र कम्पनी पनि ह्याक गरेको खुल्न आएको छ ।’
ह्याकर समूहले एनआइसीको उक्त रकम ह्याक गरी आठ मुलुकका विभिन्न बैंकमा ट्रान्सफर गरेको थियो । त्यसमध्ये ६ करोड ८० लाख ७१ हजार एक सय ८२ रुपैयाँ भने अझै फिर्ता हुन सकेको छैन ।

प्रहरीका अनुसार यो रकममध्ये चारवटा अर्डरबाट ह्याकरले ४ करोड ५२ लाख २९ हजार रुपैयाँ लिइसकेको छ । अरू ३९ करोड ७५ लाख ७९ हजार ३ सय ६८ रुपैयाँ भने ‘करेन्सपोन्डेन्ट बैंक रिलेसन’का आधारमा बैंकमै फिर्ता भएको छ ।
स्रोत – नयापत्रिका