कीवर्डहरू -

फोब्र्सको मूल्यवान ब्रान्डहरूको सूचिमा उक्लियो हुवावे

फोब्र्सको मूल्यवान ब्रान्डहरूको सूचिमा उक्लियो हुवावे

ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले हरेक बर्ष प्रकाशित गर्ने ‘विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचि’मा यसपटक पनि हुवावे परेको छ ।

हुवावे यो सूचिमा पनि सफल एकमात्र चिनियाँ ब्रान्ड हो । सन् २०१७ मा पहिलोपटक फोब्र्सको सूचिमा पर्न सफल हुवावेले यस बर्ष हुवावे फोब्र्सको सूचिमा ७९ औं स्थानमा छ ।

गत साल ७.३ अमेरिकी डलर ब्रान्ड मूल्यसहित हुवावे फोब्र्सको सूचिमा ८८ औं स्थानमा थियो । एक बर्षमै हुवावेको ब्रान्ड मूल्यमा १५ प्रतिशत वृद्धि भएको छ र फोब्र्सको सूचिमा नौ स्थान माथि उक्लिन सफल भएको छ ।

फोब्र्सको सूचिमा प्रविधि उत्पादन गर्ने कम्पनीहरूको बर्चस्व रहँदै आएको छ । यस बर्ष पनि प्रविधि उत्पादन गर्ने कम्पनीहरू नै पहिलो पाँच स्थानमा छन् । र, तिनले सूचिमा समावेश १०० कम्पनीको कुल ब्रान्ड मूल्यमा २० प्रतिशत हिस्सा ओगट्छन् । विगत आठ बर्षमा झैँ यस बर्ष पनि एप्पल सूचिको पहिलो स्थानमा रहन सफल भएको छ ।

त्यसपछिका चार स्थानमा क्रमशः गूगल, माइक्रोसप्mट, फेसबुक र अम्याजन छन् । सूचिमा समावेश १०० कम्पनीहरू विभिन्न १६ देशका छन् । तीमध्ये सबैभन्दा बढी ५४ कम्पनी अमेरिकामा छन् । दोस्रोमा १२ कम्पनीसहित जर्मनी छ । जापान र फ्रान्सका ७–७ वटा कम्पनी छन् । चीनबाट अभै पनि हुवावे बाहेक अर्को ब्रान्ड सूचिमा छैन ।

सन् २०१७ को डिसेम्बरसम्ममा हुवावेले कुल ७४,३०७ प्याटेन्ट प्रदान गरिसकेको छ । यस्तै, ६४,०९१ चिनियाँ प्याटेन्टका लागि निवेदन दिइसकेको छ । र, ४८,७५९ विदेशी प्याटेन्ट हासिल गरिसकेको छ । तीमध्ये ९० प्रतिशत invention patents छन् ।