कीवर्डहरू -

ब्रिटिश कलेजमा शैक्षिक अतिथि व्याख्यान श्रृंखलाः टिम गोचर

ब्रिटिश कलेजमा शैक्षिक अतिथि व्याख्यान श्रृंखलाः टिम गोचर

डोल्पा प्रभाव फाउण्डेसन अध्यक्ष र संस्थापक टिम गोचरले ब्रिटिश कलेजका बीबीए विद्यार्थीहरूलाई अन्तराष्ट्रिय र स्थानीय स्तरमा व्यवसायमा देखिने विकास र चुनौतीहरूका बारेमा  व्याख्या गरेका छन् ।

‘द डोल्पा फाउण्डेसन’ एक ब्रिटिश गैर–लाभकारी संगठन हो र गोचरद्वारा सन् २००३ मा संस्थापन गरिएको हो । 

यो संस्था नेपालका गरीब बच्चाहरुको शिक्षाको लागि पूर्ण छात्रवृत्ति प्रदान गर्नुका साथै विकासशील सामुदायिक परियोजनाहरुमा काम गर्दै आइरहेको छ । गोचरले बैंकिंङ लगानी र शहरी विकासको साथै ऊर्जा, प्रविधि र रियल स्टेट क्षेत्रको विशेष ज्ञान सहितको पृष्ठभूमि रहेको छ ।

उनले अन्तराष्ट्रिय मार्केटको व्याख्या गर्दै आफ्नो लेक्चर सुरु गरेका थिए । उनले बेलायतमा रहेका कर्पोरेट सेक्टरमा केन्द्रित रहेर लेक्चर दिएका थिए ।

गोचरले जुत्ता निर्माण कम्पनीको उदाहरण दिदै कम्पनीको सुचारु संचालनलाई सहज बनाउन विभिन्न स्तरमा आवश्यक प्रक्रियालाई प्रष्ट पार्ने काम गरेका थिए । लेक्चरमा उनले नेपालमा निर्माण कम्पनीको दौडलाई अन्तराष्ट्रिय स्तरमा रहेका प्रक्रियागत तत्वहरुलाई औलाउने काम गरेका थिए । 

गोचरले एक सतत निर्माण कम्पनी स्थापना गर्ने आवश्यकताको आधारभूततालाई हाइलाइट गर्न उत्प्रेरित गरेका थिए । जसमा कच्चा माल, खरिद गर्ने उपकरणहरू, कुशल श्रमिकहरुलाई रोजगारी र एक उपयुक्त कार्यक्षेत्र प्राप्त गर्ने जस्ता तत्वहरु रहेका हुन्छन् । यसबाहेक, गोचरले व्यापारका विभिन्न चरणहरूमा रकम प्राप्त गर्न विभिन्न तरिकामा वर्णन गरेका छन् । उनले गरीबी उन्मूलन र सम्पत्ति व्यावसायीकरणको लागि, साथ साथै प्रौद्योगिकी क्लस्टरहरूको विकासका लागि व्यावसायिक पूंजीको प्रयोगलाई जोड दिए।

उनले प्रभाव लगानीको महत्वबारे प्रष्ट पार्दै आफ्नो व्याख्यानको निष्कर्ष निकालेका थिए । आर्थिक, सामाजिक र पर्यावरणीय परिवर्तन व्यक्तिको लगानीबारे समेत उनले प्रष्ट पारे ।

ब्रिटिश कलेजको निमन्त्रणा स्वीकार गरी शैक्षिक अतिथि लेक्चर श्रृंखला लागि आएका गोचरप्रति द ब्रिटिस कलेजले धन्यवाद ज्ञापन गरेको छ ।