कीवर्डहरू -

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले ग्राहकहरुको लागि सुनौलो अवसर ल्याएको छ ।


ग्राहकहरु जसले आफ्नु मोवाइल ब्याट्रीको समस्या झेली रहनु परेको छ , उहाँहरुले अब मात्र रु १०,००० हजरमा तिरेर आफ्नो आइफोन साट्न सक्नु हुनेछ । ग्राहकहरुले उक्त आइफोन साट्नको लागि जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.को अफिस शेर्पा मल जानु पर्ने छ ।


सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ ।