कीवर्डहरू -

सगुनमा लगानी गर्ने समयसिमा अन्तिम पटकको लागि जुलाई २६ सम्म यथावत रहने

सगुनमा लगानी गर्ने समयसिमा अन्तिम पटकको लागि जुलाई २६ सम्म यथावत रहने

सामाजिक इकर्मस साइट सगुनले अमेरिकन सेक्युरिटी एक्सचेन्जको स्वीकृतिमा बिश्वभरबाट लगानी जुटाउन पाएको समयसिमा अन्तिम पटकको लागि आगामी जुलाई २६ सम्म यथावत रहने जनाएको छ ।

पछिल्लो समयसिमा जुन १५ तोकिएता पनि अमेरिकन सेक्युरिटी एक्सचेन्जले दिएको अन्तिम समय जुलाई २६ सम्म नै निरन्तरता दिने सगुनका फाउन्डर गोबिन्द गिरीले प्रेस नोट मार्फत जानकारी दिएका छन । उनले भनेका छन् सगुनलाई बिश्वभरबाट बिश्वास गरेर सयौको संख्यामा साथ र सहयोग प्राप्त भैरहेको छ । लगानीको माध्यमबाट स्वामित्व लिनेहरु पनि बढिरहेका छन् ।

गिरीले जारी गरेको नोटमा भनिएको छ , हालसम्म बिश्वभरबाट ३००० भन्दा बढी लगानीकर्ताले सगुनमा लगानी गरिसकेका छन । हिस्दुस्तान टाइम्स पनि हाम्रो लगानीकर्ताको रुपमा भित्रिएको छ । नयाँ लगानीकर्ताहरु पनि छिटो छिटो बढिरहेका छन् ।

मुख्य गरेर बिश्वभर छरिएका नेपाली र भारतीय समुदायको बिश्वास सगुन प्रति बढिरहेको छ । अझ भारतको नयाँ डिल्लीमा २०१८ को जनवरीमा एन्ड्रोइट एप सार्वजनिक भए पछि सगुनको प्रयोगकर्ताहरु उल्लेख्य मात्रामा बढिरहेको समेत जनाइएको छ ।

केही समय अघि भारतीय चर्चित अभिनेत्री मन्दीरा वेदीले समेत सगुनमा लगानी गरेको भिडियो सार्वजनिक भए पछि बलिउडमा समेत यसको चर्चा चुलिएको थियो ।

सगुनमा लगानी गर्न चाहनेले सगुनको लगानी पेज www.sagoon.com/invest मा गएर त्यहा भएको लगानी सम्बन्धी भर्म भरेपछि प्राप्त मेलको आधारमा आफ्नो खाता भएको बैकबाट वायर / चेक ट्रान्फर गरेर जुलाइ २६ सम्म नै लगानी गर्न सकिने जनाइएको छ । कतिपय देशबाट भने डेबिट / क्रेडिट कार्ड मार्फत समेत लगानी गर्न सकिने जनाइएको छ ।

नेपालभित्रबाट लगानी गर्न नसकिए पनि बिदेशमा बस्ने  नेपालीहरुको बैक खाता भएमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ । लगानी सम्बन्धी सम्पूर्ण जानकारी सगुनको इन्भेष्ट पेजमा भएको चौबिसै घण्टा खुल्ने लाइभ च्याटबाट समेत जानकारी पाउन सकिने बताइएको छ ।

जारी नोटमा गिरी भन्छन् : नेपाली र भारतीयहरुको सहकार्यमा नयाँ सामाजिक सञ्जाल बनाएर दक्षिण एसियाबाट बिश्वको ध्यान खिच्ने लक्ष्य रहेको बताएका छन् ।

हाल सगुनले अमेरिका , भारत र नेपालमा कार्यालय राखेर सामाजिक इकमर्स साइड सगुनको निर्माण तथा प्रचार प्रसार गरिरहेको छ । लगानी लागी अन्तिम अवसरलाई सदुपयोग गर्न समेत सबैलाई आवह्न गरिएको छ ।