कीवर्डहरू -

हाम्रो पात्रोले ल्यायो विश्वकपको लाइभ अपडेट दिने \'फुटवल वर्ल्ड २०१८\' मोबाइल एप

हाम्रो पात्रोले ल्यायो विश्वकपको लाइभ अपडेट दिने \'फुटवल वर्ल्ड २०१८\' मोबाइल एप

विश्वकप फुटबल २०१८ को यस महाकुम्भको रौनकले विश्वलार्इ तरङ्गीत पारेको छ । जहाँतही विश्वकप फुटबलका चर्चा , विभिन्न देशका पहिरन र मेडिया सामाग्रीले भरीएका छन् ।

यसैक्रममा ‘ यसमा सबै छ भन्ने नाराकासाथ राष्ट्रिय , अन्तराष्ट्रिय हरेक ठूला , साना जनमनमा प्रभाव पार्नसक्ने गतिविधिलार्इ समय सापेक्ष पस्किंदै आएको हाम्रो पात्रोले नया एप प्ले स्टोरमा उपलब्ध गराएको छ ।

यस पटक हाम्रो पात्रो प्रयोगकर्ताहरूका लागि App Store मा 'Football World 2018 ' एप  उपलब्ध भएको छ यो एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रोपात्रोमा समेत प्राप्त गर्न सकिनेछ ।

विश्वकप फुटबललार्इ नेपाली प्रयोगकर्तासम्म जोड्ने प्रयास स्वरूप वर्ल्डकप एप २०१४ पनि सार्बजनिक गरेको कम्पनीले  नयाँ एप्लिकेशनले प्रयोगकर्ताको त्यो उत्साहमा अझ उर्जा भर्ने विश्वास लिएको छ  ।

फुटबल प्रेमीहरूले खेलका दौरान तथा आगामी खेलहरूबारे खोज्ने मुख्यतः सामाग्रीहरू जस्तैः खेल तालिका , देशहरू , टाइमलाइन , तत्काल हुने खेलका ताजा अपडेट तथा रिमाण्डरहरूको सजिलो प्रयोग नै यस 'Football World 2018 ' एपको विशेषता हो ।


आफूलार्इ मनपर्ने देशलार्इ फेब्रेट पनि गर्नमिल्ने सुविधा समेत एपले राखेको छ । जसकालागि देशको झण्डामाथी भएको फेब (पानपाते) बटन थिच्नुपर्नेछ ।