कीवर्डहरू -

सुरु भयो ओयो र इसेवाको सहकार्य, अब होटेल बुकिंग इसेवाबाटै

सुरु भयो ओयो र इसेवाको सहकार्य, अब होटेल बुकिंग इसेवाबाटै

नेपालको अग्रणी मोबाइल पेमेन्ट कम्पनि इसेवाले हस्पिटालिटी क्षेत्रमा पनि सेवा विस्तार गरेको छ । अनलाइन तथा मोबाइलबाट रिचार्च, खानेपानी तथा बिजुलीको बिल भुक्तानी, बस तथा हवाई सेवाको टिकेट खरिद लगायत दर्जनौ सेवा प्रदान गरिरहेको कम्पनि इसेवाले अब ओयो संगको सहकार्यमा अनलाइनबाटै होटल बुकिंगको सेवा पनि सुरु गरेको छ ।

अनलाइन तथा मोबाइल एपमार्फत होटल बुकिङ सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ । यससँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै स्तरिय होटलको बुकिङ गर्न सक्ने छन्।

ओयोसँगको सहकार्यबारे सम्झौतापत्रमा आइतबार होटेल अन्नपुर्णमा आयोजित एक कार्यक्रमकाबीच इसेवाका प्रेसिडेन्ट अस्गर अली र ओयोका भाइस प्रेसिडेण्ट प्रसुन चौधरीले हस्ताक्षर गरेका थिए । इसेवाका प्रेसिडेण्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने बताए । ‘सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकलाई यो सहकार्यले निकै सहयोग पुग्ने विश्वास लिएको छौँ,’ उनले भने ।

यसैगरी ओयो का भाइस प्रेसिडेण्ट प्रसुन चौधरीले इसेवासँगको सहकार्यले नेपालमा ओयोको विस्तारका लागि निकै सहज हुने बताए । ‘ओयो र इसेवा दुबै प्रविधिको प्रयोग गरेर ग्राहकलाई अभुतपूर्व सेवादिन सकिन्छ भन्ने विश्वास भएको हुनाले हामी यो सहकार्यबाट निकै उत्साहित छौँ,’ उनले भने।

\"\"

ओयोमार्फत तत्काल काठमाडौं र पोखराका ३५ भन्दा बढि होटलका ६ सयवटा कोठाहरु इसेवामार्फत् बुकिङ गर्न सकिन्छ । ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजार भन्दा बढि कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको जानकारी दिईयो।

सन् २००९ बाट सेवा सुरु गरेको इसेवामा ४६ वटा बैंकसंगको सहकार्यमा ६० लाखभन्दा बढीलाई सेवा दिरहेको छ । सन् २०१३ मा भारतबाट होटल बुकिंगको सेवा सुरु गरेको ओयोले भारत, चिन, मलेसियासंगै नेपालमा पनि सेवा प्रदान गरिरहेको छ । ओयोले नेपालमा अहिले काठमाडौँ र पोखरामा गरेर ३५ वटा होटेलसंग सहकार्य गरेको छ । आगामी दिनमा होटलहरु थप्दै जाने र सेवा विस्तारमा ध्यान दिने कम्पनीले जनाएको छ ।

\"\" कसरि बुकिंग गर्ने होटेल ?
इसेवाको आधिकारिक वेबसाइट वा एप मार्फत आफुले खोजेको होटेल बुकिंग गर्न सकिन्छ । इसेवामा एकाउन्ट दर्ता गरेका ग्राहकले ओयो सेवामा क्लिक गरि होटेल र रुम हेरेर विभिन्न सुबिधा अनुसारको होटेल अनलाइनबाटै कन्फर्म गर्न सकिन्छ । ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको उपलक्ष्यमा पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत “क्यास व्याक” को सुविधा दिइएको जनाएको छ ।