कीवर्डहरू -

आइसिटी अवार्डमा ७ विधा, यसरी गर्नुहोस् अनलाइन रजिस्ट्रेशन

आइसिटी अवार्डमा ७ विधा, यसरी गर्नुहोस् अनलाइन रजिस्ट्रेशन

आगामी भदौ १ गते काठमाडौंमा आइसिटी अवार्ड २०१८ आयोजना हुँदैछ । विभिन्न ७ विधाका लागि हुने यो अवार्ड कार्यक्रममा आफूलाई मनपर्ने विधामा सहभागी हुन वा प्रतिस्पर्धा गर्न गत असार १ देखि १६ गतेसम्म अनलाइनरजिस्ट्रेशन गर्न सकिने व्यवस्था ल्याइएको छ ।

नेपालको आइसिटी क्षेत्रमा सम्भावना खोजी गर्ने मुख्य उद्धेश्यका साथ अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्न लिभिङ विथ आइसिटी म्यागेजिनले तीन वर्षदेखि नेपालमा राष्ट्रियस्तरको आइसिटी अवार्ड गर्दै आइरहेको छ ।

तेस्रो संस्करणसम्म आइपुग्दा विभिन्न ७ विधामा अवार्ड घोषणा हुने बताइएको छ । यसअघि दोस्रो संस्करणको आइसिटी अवार्डमा ४ विधामा आइसिटी अवार्ड गरिएको थियो भने पहिलो आइसिटी अवार्डमा स्टार्टअप कम्पनीहरुलाई अवार्ड वितरण गरिएको थियो ।

अवार्डमा के के छन् विधा ?
आइसिटी अवार्ड २०१८ मा ७ विधा समावेश गरिएको छ । यसअन्तर्गत बेष्ट स्टार्टअप आइसिटी अवार्ड, बेस्ट प्रडक्ट आइसिटी अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, बेस्ट आइसिटी आन्ट्रप्रेनर अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड र आइसिटी जर्नालिस्ट अवार्ड रहेका छन् ।

बेस्ट आइसिटी स्टार्टअप अवार्ड २०१८
यो नेपालमा आइसिटीमा आधारित रही सुरु भएको व्यवसाय वा स्टार्टअपलाई दिइने अवार्ड हो । यसअन्तर्गत ३ वर्षभित्रका आइटी कम्पनीले प्रतिस्पर्धा गर्न सक्छन् ।
APPLY NOW

बेस्ट प्रडक्ट आइसिटी अवार्ड २०१८
यो नेपालमा हार्डवेयर वा सफ्टवेयरको क्षेत्रमा विकास भएको उत्कृष्ट वस्तु वा सेवालाई प्रदान गरिने अवार्ड हो । यसअन्तर्गत एक वर्षभित्रका आइटी प्रडक्टहरुको प्रतिस्पर्धा गराइनेछ ।
APPLY NOW

आइसिटी पायोनियर अवार्ड २०१८
यो नेपालको आइसिटी क्षेत्रको विकास र प्रवद्र्धनमा लामो समयदेखि योगदान दिइरहेका प्रतिष्ठित व्यक्तिलाई दिइने अवार्ड हो । यसअन्तर्गत १५ वर्षभन्दा बढी समय नेपालको आइटी क्षेत्रमा क्रियाशील व्यक्तिको नाम तपाई हामीले पनि अनलाइन फर्ममा सिफारिस गर्न सकिने छ ।
APPLY NOW

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१८
त्यस्तै नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१८ विदेशमा रही उत्कृष्ट काम गरिरहेका र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको छवि कायम राख्न सफल एक व्यक्तिलाई दिइने छ । यसअन्तर्गत विदेशमा रहेर पनि नेपालको प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिलाई यस विधाका लागि सिफारिस गर्न सकिन्छ ।
APPLY NOW

बेस्ट आइसिटी आन्ट्रप्रेनर अवार्ड २०१८
त्यस्तै आइसिटी क्षेत्रमा उद्यमशीलता अपनाएर उदाहरणीय कार्य गर्न सफल एक जनालाई बेस्ट आइसिटी आन्ट्रप्रेनर अवार्ड प्रदान गरिनेछ । यस वर्ष थपिएको आइसिटी आन्टरप्रेनियर अवार्डमा कम्तीमा ५ वर्षदेखि कम्पनीको संस्थापक भएर काम गरिरहेका व्यक्तिहरु यो अवार्डका लागि प्रतिष्पर्धा गर्न सक्छन् ।
APPLY NOW

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८
सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको उच्च प्रयोग गरी डिजिटल गभर्नेन्समा उदाहरणीय काम गरिरहेको एक सरकारी संस्थालाई दिइयो अवार्ड हो । यसअन्तर्गत सूचना प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थाको नाम सिफारिस गर्न सकिन्छ ।
APPLY NOW

आइसिटी जर्नालिस्ट अवार्ड २०१८
अर्कोतर्फ पत्रकारितामार्फत् आइसिटी क्षेत्रको प्रवद्र्धन गरिरहेका पत्रकारहरुलाई आइसिटी पत्रकार अवार्ड वितरण गरिने छ । यसअन्र्तगत कम्तीमा ३ वर्षदेखि आइसिटी विधामा पत्रकारिता गरिरहेका पत्रकारहरु आफै सहभागी हुन वा अन्यले सिफारिस गर्न सक्ने छन् ।
APPLY NOW

कसरी गर्ने अनलाइन आवेदन ?
अनलाइन आवेदनका लागि वेबसाइट www.ictaward.org लगइन गरी त्यहाँ प्रस्तुत गरिएका क्याटेगोरिजबारे अध्ययन गर्दै नोमिनेसन वा आवेदन दिने क्याटेगोरिजको APPLY NOW मेनुमा क्लिक गरेपश्चात् आवेदन फर्म आउनेछ । उक्त फर्ममा उल्लिखित मापदण्ड तथा क्राइटएरियाअनुसार विस्तृत विवरण अनलाइनमार्फत बुझाउनुपर्नेछ ।

पहिलो पटक मोबाइल एप्लिकेसनबाटै अनलाइन आवेदन पनि बुझाउन सकिनेछ । यसका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ICT Award सर्च गरी एप्लिकेसन डाउनलोड गरी आवेदन दिने विधामा क्लिक गरी अनलाइन फर्म बुझाउन सकिनेछ । असार १ देखि १६ गतेसम्म अनलाइन आवेदन खुला हुनेछ । अवार्डबारे सेलेक्सन प्रसेस तथा क्यालेन्डरसँगै सम्पुर्ण जानकारीहरु वेबसाइटमा उपलब्ध छ ।

कस्तो रहयो गतवर्षको अवार्ड ?
गतवर्ष पनि भदौ १ गते नै आइसिटी अवार्डको आयोजना भएको थियो । होटल याक एण्ड यतीमा भएको अवार्ड समारोहमा ४ सय बढी आइटी क्षेत्रका महत्वपूर्ण व्यत्तिहरुको उपस्थिति रहेको थियो । १३ दिन खुल्ला गरिएको रजिस्ट्रेसनमा स्टार्टअप कम्पनी अवार्ड र बेस्ट प्रडक्ट अवार्ड क्याटेगोरिजमा ५० भन्दा बढि कम्पनीहरुको नोमिनेशन दर्ता भएको थियो ।

सूचना प्रविधिको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका जुरी सदस्यहरुले गरेको विभिन्न चरणको अन्तर्वार्ता, प्रिजेन्टेसनका साथमा अनलाइन भोटिङमार्फत ३र३ कम्पनी तथा प्रडक्टलाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड प्राप्त गर्नेहरुमा कम्पनीका तर्फबाट पाइला टेक्नोलोजी, बसोबास प्राली, जेफ्टवेयर सोलुसन थिए भने प्रडक्टमा परी, एभरेष्टकास्ट र नेपाल भिआर रहेका थिए ।

यसैगरी १५ जनाभन्दा बढिको नोमिनेशनबाट प्रोफेसनल कम्प्युटर सिस्टमका संस्थापक सुरेशकुमार रेग्मीलाई आइसिटी पायोनियर अवार्ड २०१७ प्रदान गरिएको थियो । नेपाली डायस्पोरा अवार्डबाट गत वर्ष रेन इन्सेन्सन एनिमेशनका संस्थापक किरणभक्त जोशी सम्मानित भएका थिए । यसैगरी मिडिया तर्फबाट विश्वास रेग्मी, सरस्वती ढकाल, कृष्ण रिजाल र शिब बस्नेत सम्मानित भएका थिए ।

तत्कालिन सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत, उद्योग सचिव शंकर कोइरालाको उपस्थिती रहको कार्यक्रमको मुख्य प्रायोजन नेटिस तथा फाल्कन इन्टरनेशनलले गरेको थियो । उक्त अवार्ड कार्यक्रममा रवि फुयाल, सुवास ढकाल, अश्गर अली, किशोर पन्त, हेमपाल श्रेष्ठ, मनोज शाक्य, नरोत्तम अर्याल जुरी समुहमा रहेका थिए । फाइनल कार्यक्रमको प्रत्यक्ष प्रशारण न्युज २४, विभिन्न अनलाइन, युट्युव र फेसबुकबाट समेत भएको थियो ।