कीवर्डहरू -

आइसिटी अवार्ड २०१८ मा नोमिनेशनको लागि ३ दिन समय थप,  मंगलवार रातीसम्म अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्ड २०१८ मा नोमिनेशनको लागि ३ दिन समय थप,  मंगलवार रातीसम्म अनलाइन आवेदन दिन सकिने

तेस्रो संस्करणको रुपमा आयोजना हुन लागिरहेको प्रविधि क्षेत्रकै ठुलो अवार्ड कार्यक्रम 'आइसिटी अवार्ड २०१८’ को लागि अनलाइन आवेदन दिने समय तिन दिन थप गरिएको आयोजकले जनाएको छ ।

असार १६ गते शनिवारसम्म तोकिएको अनलाइन आवेदनको समयलाई ३ दिन थप गरेर मंगलवार रातीसम्मको समय दिइएको अवार्डका संयोजक तुषार न्यौपानेले जानकारी दिए ।


यस पटक देशभरबाट राम्रो आवेदन संकलन गर्ने उदेश्य सहित इच्छुक व्यत्ति तथा संस्थाहरुको आग्रहमा समय थप गरिएको न्यौपानेले जानकारी दिए ।

यसपटक विभिन्न ७ विधामा आइसिटी अवार्ड २०१८ आयोजना भइरहेको छ । स्टार्टअप कम्पनी र प्रडक्ट अवार्डमा देशभरबाट अझ धेरै आवेदन आउने अपेक्षा सहित समय थप गरिएको उनले जनाकारी दिए । अहिले यि दुई विधामा २५ भन्दा बढिको आवेदन आइसकेको छ ।


यसैगरी यस पटक थप गरिएको आइसिटी आन्टरप्रेनर्स अवार्ड, डिजिटल गर्भनेन्स अवार्डसँगै पायोनियर र डायस्पोरा अवार्डमा जो कोहिले उत्कष्टलाई नोमिनेशन दर्ता गराउन सकिन्छ । आइसिटी मिडिया अवार्डमा पनि प्रविधि पत्रकारको रुपमा काम गरिरहेका पत्रकारहरुले आवेदन दिन सक्नेछन ।


स्टार्टअप कम्पनी अवार्ड ३ वर्षभित्रका आइटी कम्पनीले प्रतिस्पर्धा गर्ने अवार्ड हो भने आइसिटी प्रडक्ट अवार्डमा एक वर्षभित्रका आइटी प्रडक्टहरुको प्रतिस्पर्धा गराइनेछ । यसैगरी पायोनियर अवार्डमा १५ वर्षभन्दा बढी समय आइटी क्षेत्रमा योगदान दिने प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिन्छ ।

त्यस्तै आइसिटी डायस्पोरा अवार्ड विदेशमा रहेर पनि नेपालको प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिलाई घोषणा गरिनेछ । यस संस्करणमा थपिएको आइसिटी आन्ट्रप्रेनियर अवार्डअन्तर्गत कम्तीमा ५ वर्षदेखि कम्पनीको संस्थापक भएर काम गरिरहेका एक उद्यमीलाई सम्मान दिइने छ ।

\"\"
आइसिटी अवार्डअन्तर्गत डिजिटल गभर्नेन्स अवार्ड सूचना   प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई   छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थालाई प्रदान   गरिन्छ । आइसिटी मिडिया अवार्डमा कम्तीमा ३ वर्ष यस   विधामा पत्रकारिता गरिरहेका पत्रकारहरुले प्रतिस्पर्धा गर्न   सक्नेछन् ।

कसरी दिने आवदेन ?
अनलाइन रजिस्ट्रेसन वा नोमिनेशनका लागि आधिकारिक     वेबसाइट www.ictaward.org मा गएर Apply Now मा क्लिक गरि आफुले नोमिनेशन दिन लागेको विधामा Apply Now मा क्लिग गरेर अनलाइन फारम भरि बुझाउन सकिन्छ । यसैगरि ICT Award नामक एन्ड्रोइड मोबाइल एप्लिकेसन प्रयोग गरेर पनि नोमिनेशन दर्ता गर्न सकिन्छ ।

अवार्ड कार्यक्रम भदौ १ गते होटेल र्याडिसनमा आयोजना हुने छ ।