कीवर्डहरू -

हिमालय कलेज अफ ईन्जिनियरिङ् मा \'हेक्स-२०१८\' सम्पन्न

हिमालय कलेज अफ ईन्जिनियरिङ् मा  \'हेक्स-२०१८\' सम्पन्न

"विकसित नेपालको लागि ईन्जिनियरिङ्" को नाराका साथ हेक्स-२०१८ आषार १५ देखि १७ गतेसम्म हिमालय कलेज अफ ईन्जिनियरिङ् परिसरमा आयोजना भएको छ।

ईन्जिनियरिङ् र प्रविधि क्षेत्रको विकास एवं प्रोत्साहनमा केन्द्रित यो कार्यक्रममा लाइन फलोइंग रोबोट प्रतियोगिता, कम्प्युटर हार्डवेयर प्रतियोगिता, थिम्याटिक प्रतियोगिता संचालन भएको कलेजले जानकारी दिएको छ ।

सिभिल मोदेलिङ्ग प्रतियोगिता, फोटोग्राफी प्रतियोगिता, सफ्टवेयर प्रतियोगिता जस्ता क्रियाकलापहरूका साथै ह्याकाथोन प्रतियोगिताको व्यवस्था गरिएको थियो। यस बाहेक त्यहाँ आर्किटेक्चुरल मोडेल प्रदर्शनी र सांगीतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो।

हिमालय सिभिल क्लब (एचसिसि), आर्किटेक्चुरल स्टुडेन्टस् अफ हिमालय (आस्था), हिमालय इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर क्लब (एचइसिसि), रोबोटिक्स क्लब र हिमालय इन्फोर्मेशन टेक्नोलोजी क्लब (एचआइटीसी) को संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा विभिन्न ईन्जिनियरिङ् र आइटि कलेजहरूको सिभिल मोडेलिङ्ग परियोजनाका साथै हार्डवेयर र सफ्टवेयर परियोजनाहरूको प्रदर्शनी गरिएको थियो।

\"\"

यस बाहेक हेक्स-२०१८ मा पेपर ब्रिज प्रतियोगिता, प्रस्तुतीकरण प्रतियोगिता, गेमिङ्ग, प्रब्लेम सोल्भिंग प्रतियोगिता, कोड वार, र  टेकनिकल क्विज जस्ता क्रियाकलापहरूको पनि आयोजना गरिएको थियो। विभिन्न प्रतियोगितामा उत्कृस्ट हुनेलाई कलेजले नगद सहित पुरस्कारले सम्मान गरेको छ ।

\"\"