कीवर्डहरू -

काठमाडौँमा प्रथम नेपाल एंगुलर सम्मेलनको आयोजना हुदै

काठमाडौँमा प्रथम नेपाल एंगुलर सम्मेलनको आयोजना हुदै

एंगुलर एउटा जाभा - स्क्रिप्टमा आधारित ढांचा हो ., जसले डेभलपरहरूलाई विभिन्न एप्पलिकेशनहरू बनाउन मदत गर्छ । यो जाभा - स्क्रिप्ट ढांचाको  केहि लाइब्रेरीहरूमद्धे पर्दछ जसले प्रयोगकर्ताहरूलाई कसरी उपयुक्त्त ढाँचामा आफ्नो कोड लेख्नबारे सिक्न दिशानिर्देशको साथ एक व्यापक शैली गाइड प्रदान गर्छ ।

एंगुलर विशेषगरि एकल कोड आधारमा काम गर्नको लागि फाईदाजनक हुन्छ । प्राविधिकरूपमा प्रयोगकर्ताले एंगुलरको प्रयोगले कुनैपनि प्रकारको एप्पलिकेशनको निर्माण गर्न सक्छन , तर एंगुलर , डाटा समावेश भएको नंन - ट्राइभिअल एप्पलिकेशनमा सबैभन्दा राम्ररी काम गर्छ।

नेपालमा एंगुलर कंनफेरेन्सको आयोजना हुनलागेको यो पहिलो पटक हो। एस्पनेट कम्युनिटी , नेपाल मेन्टर , एंजी - ग्लोबलर एंजी - इण्डियाको संयुक्त आयोजनामा , जुलाई २१, २०१८ मा काठमाडौँको होटल येल्लो पागोडामा संचालन हुनलागेको यो कार्यक्रम एंगुलर प्रयोग गरिरहेका इच्छुक डेभलपरहरूको लागि निकै फाईदाजनक हुनेछ ।

कार्यक्रममा विभिन्न बिज्ञहरुले प्रिजेन्टेसन दिनेछन् । सहभागी हुन र अन्य थप जानकारीको लागि यो लिंकमा क्लिक गर्नुहोस ।