कीवर्डहरू -

काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई “प्रिक्सा एक्सिलेन्स अवार्ड” दिइने

काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई “प्रिक्सा एक्सिलेन्स अवार्ड” दिइने

प्रिक्सा टेक्नोलोजिज ले बुधबार काठमाडौँ विश्वविद्यालयको कम्प्युटर साइन्स एवम् कम्प्युटर इन्जिनियरिङ विभागका लागि रु.२ , १० , ००० (दुई लाख दश हजार रुपैयाँ) बराबरको “प्रिक्सा एक्सिलेन्स अवार्ड” घोषणा गरेको छ । यस पुरस्कारको प्रमुख द्धे श्य काठमाडौँ विश्वविधालयमा कम्प्युटर साइन्स र कम्प्युटर इन्जिनियरिङ मा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको अध्ययनका क्रममा प्रिक्साको सहयोग र सहकार्य मार्फत अझै सशक्त एवम् गुणस्तरीय प्रोजेक्टहरु निर्माण गर्नमा टेवा दिनु रहेको छ ।

पुरस्कार कार्यक्रम तत्कालका लागिती न वर्षका लागि लागु हुने छ । तीन वर्ष पछि आवश्यकता हेरी पुन बिस्तार गर्न सकिने छ । कार्यक्रम मार्फत विश्ववि द्या लयको कम्प्युटर साइन्स एवम् कम्प्युटर इन्जिनियरिङ विभागका दोश्रो र तेश्रो वर्षका विद्यार्थीहरुले प्रत्येक वर्ष समुहगत रुपमा तयार पारेकाछुट्टाछुट्टै एक एक उत्कृष्ट प्रोजेक्ट छनोट गरिने छ ।

यसरी छनौट भएका प्रोजेक्टलाई प्रिक्सा एक्सिलेन्स अवार्ड प्रदान गरिने छ । जसकालागि दोश्रो वर्षको उत्कृष्टलाई रु.२० , ००० (बीस हजार रुपैयाँ) र तेश्रो वर्षको उत्कृष्टलाई रु.५० , ००० (पचास हजार रुपैयाँ) नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।

यस सम्बन्धी विश्वविद्यालय र प्रिक्सा टेक्नोलोजिज बीच आजै सहमति भएको छ । सहमति पत्रमा हस्ताक्षर गर्दै काठमाडौँ विश्ववि द्या लयको कम्प्युटर साइन्स एवम् कम्प्युटर इन्जिनियरिङ विभागका प्रमुख डा. मनिष पौडेलले भन्नु भयो , यस अवार्डले विश्वविद्याल मा रहेका कुशल एवम् प्रतिभावान युवा पुस्ताहरुमा थप उर्जा तथा प्रोत्साहन प्रदान गर्ने कुरामा आशावादी रहेको छु यसकासाथै सहमति कार्यक्रममा उपस्थित स्कुल अफ इन्जिनियरिङ का डीन डा.डम्बर बहादुर नेपालीले यस सहकार्यको सराहना गर्दै यो कार्यक्रम एक कोसेढुङ्गा साबित हुने जनाउनु भयो ।

\"\"

प्रिक्साका कम्पनी ब्यापार प्रबर्धन विभाग प्रमुख , प्रयास राज कोइरालाले काठमाडौँ विश्वविद्याल य प्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमहरुलाई आउदा दिनहरुमा बढावा दिँदै जाने क्रममा अन्य विश्वविद्यालयहरुसँग पनि सहकार्य अगाडी बढाउदैँ जाने पनि कोइरालाले बताउनु भयो ।

पाँच वर्ष अघि नेपाली यूवाहरुद्वारा स्थापित प्रिक्सा टेक्नोलोजिज सफ्टवेयर , वेभ सिस्टम , कन्टेन्ट म्यानेजमेन्ट सिस्टम , बिग डाटा , क्लाउड इन्फ्रास्ट्रकचार म्यानेजमेन्ट लगायतका क्षेत्रमा काम गर्दै आएको छ । हाल कम्पनीले थाहाखबर , रातोपाटी , उज्यालो अनलाइन , लोकान्तरसञ्चार , नेपाललाइभ लगायत दर्जनौं अनलाइन सञ्चारमाध्यम तथा संघसस्थासँग सहकार्य गरिरहेको छ ।