कीवर्डहरू -

सोचेको डटकमले सुरु गर्यो मेलान्ज फ्लाशिप स्टोर, अब अनलाइनका समान प्रत्यक्ष अवलोकन गरि किन्न सकिने 

सोचेको डटकमले सुरु गर्यो मेलान्ज फ्लाशिप स्टोर, अब अनलाइनका समान प्रत्यक्ष अवलोकन गरि किन्न सकिने 

सोचेको डटकमले आफ्नो पहिलो फ्लागशिप स्टोरको अवधारणा सहित मेलान्ज स्टोर सचांलनमा ल्यएको छ । २ वर्षअघि अनलाइन सपिङको रुपमा स्थापित भएको रुपमा सुरु भएको सोचेको डटकमले दैनिक सयौलाइ अनलाइन सेवा दिइरहेको छ ।

पहिलो फ्लागशिप स्टोरको उदघाटन शुक्रवार कलाकार दिपकराज गिरी र दिपाश्रीले गरेका हुन । फेसन स्टोरको रुपमा सुरु भएको उक्त मेलान्ज स्टोरका सम्पुर्ण प्रडक्टहरु सोचेको डटकममा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाल सानो र सुन्दर मुलुकका साथै प्रचुर सम्भावना भएको देश हो । यहाँ बजारको बिबिधिकरण चल्दै अएको छ र क्रेताहरु प्नि कुनै पनि बस्तु खरिद गर्नको लागि सामान्य खरिद प्रक्रियामा मात्र सिमित नभएर एउटा अनुभव वा रमाइलोपनको रुपमा पनि हेरिन थालिएको छ । समयको बचतको निम्ति सबै प्रकारका सामानहरु एकै ठाँउमा लिने चलनपनि बढ्दो छ । बिषेशगरि लत्ता कपडा तथा फेसनका अन्य समाग्रीको खरिदमा यो कुरा अत्यन्तै बढी आउछ ।

नेपालमा पनि अनलाइन सपिङ्गको प्रयोग बढ्दै गरेको छ र धेरै अनलाइन सपिङ्ग संचालनमा रहेको छ । बिशेष गरि कम्प्यूटर वा मोवाइलको माध्यमबाट फोटो वा भिडियो हेरेर खरिद गरिने अनलाइन सपिङ्गमा यदाकदा समान र फोटो उस्तै नहुने गरेको पनि छ । तर नियतबस नै त्यस्तै गर्ने वा फोटो चै राम्रो राखेर कमसल समान पठाउने गरेको पनि गुनासो सुनिने गरिन्छ ।

सोही कारण नेपालको परिपेक्षमा झट्टै े बिश्वास गरिहाल्ने प्रयोगकर्ताहरु कम रहेको र एक पटक हरेर किन्न पाए हुन्थो भन्ने मानसिक्ता रहेको पाइएको छ । नेपालमा अनलाइन सपिङ्ग भनेको खासाको सामन किने जस्तै वा एक प्रकारको सस्तो समानमात्र किन्ने हो भन्ने बुझाइ पनि धेरैको रहेको छ ।

अनलाइन सपङ्गिबाट नेपालको परीपेक्षमा नेपालमा विशेषत २ बटा चुनौति रहेको छ । एउटा क्रेता वा ग्राहकको बिश्वासमा कमि हुनु हो भने अर्का बिके्रताको असहयोग तथा बस्तुको उपलब्धता नहुनु पनि हो । यहि चुनौतीलाइ मध्यनजर गर्दै सोचेको डटकमले आफ्नो पहिलो फ्लागशिप स्टोरको अवधारणा सहित मेलान्ज स्टोर सचांलनमा ल्यएको कम्पनिका प्रबन्ध निर्देशक शैलेश लोहनीले जानकारी दिए ।

फ्लागशिप स्टोर भन्नाले यस स्टोरका सबै सामानहरु क्यअजभपय।अयm मा पनि हर्ने वा लिन सकिने अथवा अनलाइनमा हेरेको समान स्टोरमा आएर लिन सकिने हुन्छ । यसबाट ग्राहकहरुले आफुले अनलाइनमा देखेको सामानलाई स्टोरमा गएर हेरेर लिन सक्नेछन । मेलान्ज स्टोरले आफ्नो प्रोडक्टलाई सोचेको डट कमबाट मात्र नभएर अन्य अनलाइन सपलाई समेत उपलब्ध गराउने योजना बनाएको छ । जसबाट अन्य अनलाइन सपलाई समेत सजिलो हुने र सम्पूर्ण व्यवसायीलाई फाइदा पुग्ने कम्पनीको दावी छ ।

\"\"

मेलान्ज स्टोरमा बिभिन्न ब्राण्डका लत्ताकपडा, घडि, हेल्थ प्रोडक्ट लगायतका अन्य घरायसी सर सामान समेत उपलब्ध हुने छ । हाल काठमाडौको कमलपोखरी स्थित सिटि सेन्टर मलमा रहेको सोरुम नेपालका अन्य शहरहरुमा समेत बिस्तार गर्ने योजना कम्पनीको रहेको छ । यसको प्रथम शाखा धनगडीमा श्रावणको दोस्रो साताबाट संचालन गरिने योजनासमेत रहेको कम्पनीले जनाएको छ ।

सोहीक्रममा काठमाडौ र आसपासका ग्राहकहरुलाई उचित सेवा र सुबिधा दिने उदेश्यले सिटी सेन्टर मलमा सेवाकेही समय अधि देखि संचालनमा आएकोमा गत शुक्रवार कलाकार द्घय दिपकराज गिरी र दिपाश्री निरौलाबाट रिवन काटी औपचारिक रुपमा सेवा सञ्चांलन भएको हो ।