कीवर्डहरू -

नयाँ पुस्ताको क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग सम्झौता

नयाँ पुस्ताको क्यामेराका लागि ओपोद्वारा कोरफोटोनिक्ससंग सम्झौता

सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले आफ्ना नयाँ पुस्ताका स्मार्टफोन क्यामेराका लागि डुअल क्यामेरा प्रविधिको क्षेत्रमा अग्रणी लाइसेन्सर कोरफोटोनिक्ससंग रणनीतिक लाइसेन्सिंग सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार ओपोले अब स्मार्टफोन क्यामेरा रोडम्याप ( उच्च अप्टिकल जुम फ्याक्टर्स, सटिक डेफ्ट म्यापिङ, अल्ट्रा फास्ट डिजिटल बोके र अन्य अत्याधुनिक फिचर्स, अप्टिक्स अन्तर्गतका सबै नवप्रबर्तन, मेकानिक्स, कम्प्युटेशनल फोटोग्राफी, डिप लर्निङ र अन्य क्षेत्र)का लागि कोरफोटोनिक्ससंग सहकार्य गर्नेछ ।

‘मोबाइल फोटोग्राफीलाई ओपोमा प्रमुख विषयका (फोकस)का रुपमा लिइन्छ । हामी कोरफोटोनिक्स जस्तै अग्रणी आपूर्तिकर्ताहरु संग बलियो सहकार्यका लागि सँधै अग्रसर रहन्छौँ’, ओपोका हार्डवेयर डिरेक्टर डा. किंगले भने , ‘कोरफोटोनिक्सका वाइड एंगल्ड सहितका डुअल क्यामेरा र टेलिफोटो लेन्सेस, पेरिस्कोप–स्टाइल निर्माण, अप्टिकल ईमेज स्टेबलाइजेसन र ईमेज फ्यूजन प्रविधिले मोबाइल फोटोग्राफीलाई डिजिटल क्यामेराको क्षमताको अझ नजिक पु¥याएको छ ।’
‘स्मार्टफोन ईमेजिङको क्षेत्रमा नवप्रबर्तनका लागि ओपोसंग अहिले सम्मकै प्रभावशाली रेकर्ड छ ।’

कोरफोटोनिक्सका प्रमुख कार्यकारी अधिकृत प्रा.डेभिड मेन्डलोभिकले भने, ‘ओपोसंग नयाँ पुस्ताका क्यामेरा प्रविधिका लागि नजिक भएर सहकार्य गर्न पाउँदा हामी निकै गौरवान्तिव छौँ । मोबाइल फोटोग्राफीमा हाम्रा क्यामेरा डिजाइन र ईमेजिङ अल्गोरिथमको फाइदाका लागि एक सटिक प्रमाणका रुपमा यो रणनीतिक साझेदारीलाई लिन सकिन्छ ।’

\"\"
‘यस सहकार्यले हामीलाई उपभोक्ता माझ अत्याधुनिक नवप्रबर्तनात्मक क्यामेरा प्रविधि पस्कन ठूलो सहयोग प्राप्त हुनेछ । यसले हाम्रा आदर्णिय उपभोक्तालाई अझ उत्कृष्ट प्रयोग अनुभव पस्कन सहयोग मिल्नेमा हामी विस्वस्त छौँ’ ’कोरफोटोनिक्स संगको साझेदारीका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।