इन्स्टाग्रामले अब स्टोरीमा रहेको टेक्स्टलाई ९० भन्दा बढी भाषामा अनुवाद गर्न सक्ने भएको छ । इन्स्टाग्राम विश्वभरका विभिन्न भाषीहरुले प्रयोग गर्दै आएका छन् ।
त्यस्तो सबै भाषाहरुलाई अनुवाद गरेर बुझ्नका लागि इन्स्टाग्रामले यो नयाँ फिचर ल्याएको हो । यो फिचर विश्वव्यापी रुपमा रोल आउट भईरहेको छ ।
एपले तपाईले नबुझ्ने भाषा हो भन्ने थाहा पाएपछि सी ट्रान्सलेसन भनेर अप्सन आउने गर्दछ र त्यहाँबाट अनुवाद गर्न सकिन्छ ।
यो फिचर अहिलेसम्म अडियोका लागि भने काम गर्दैन् । यो फिचरले अरु भाषाहरुको क्याप्सन बुझ्न एकदमै सहज बनाउँने छ । इन्स्टाग्रामले हालैमा अटो क्याप्सनको फिचर राखेको छ ।