कीवर्डहरू -

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ आयोजना हुदै

ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ आयोजना हुदै

इन्फर्मेशन सेक्यूरिटी रेस्पोन्ट टिम नेपाल(एनपीसर्ट)ले ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ यहि श्रावण ११ र १२, २०७५ मा आयोजना गर्दैछ । काठमाडौंको लाजिम्पाटमा रहेको होटल र्याडिसनमा हुने यो समिटको मूल नारा बिल्डिंग ग्लोबल एलाइन्स फर साइबर रिजिलेन्स रहेको छ ।


यो समिटको मूख्य सहभागीहरु सूचना प्रविधि व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी अधिकारीहरु, व्यवसायीहरु, र विभिन्न क्षेत्रका सिकारुहरु हुनेछन् । यो समिटको पूर्वसंध्यामा नेपाल एकेडेमी  अफ साइन्स एण्ड टेक्नोलोजी(नास्ट)ले एक दिने प्रि–समिट कार्यशाला आयोजना गर्नेछ, ।


यो समिटको उद्धेश्य भनेको साइबर सेक्यूरिटीको क्षेत्रमा भएका फरक फरक ज्ञान र सिपका साथै विभिन्न अनुभवहरु एक आपसमा साट्नु हो । समिटले नयाँ पुस्तालाई ससक्त बनाउनेछ र विश्वभरबाट आउने विभिन्न सरोकारबाला निकायहरुलाई एकै थलोमा समेट्नेछ । 

जसलाई लावा, चेक प्वाइन्ट सफ्टवेयर टेक्नोलोजिज् र इसी काउन्सिलले सहज गर्नेछन्, जून समिटको दिनमा पनि निरन्तर हुनेछ । समिटको अवधिभर सहभागीहरु साइबर सुरक्षा सम्बन्धि विषयहरुमा छलफल र अनुभव आदानप्रदान गर्नेछ भने यो क्षेत्रका व्यवसायीक र उद्योगीहरुका बिचमा सम्बन्ध बिस्तारको अवसर पनि हुनेछ ।


यसले वर्तमान साइबर सेक्यूरिटी ट्रेण्डको अध्ययन र छलफलबाट साइबर सेक्यूरिटी थ्रेटहरुलाई रोक्न ससक्त आधार तयार पार्नेछ । यो समिट मानिसहरुलाई सूचना सूरक्षाको बारेमा जागरुक गर्नुका साथै नेपालमा ससक्त सुरक्षा दस्ता निर्माण गर्न मद्धत गर्दछ ।


यो समिटमा राष्ट्रिय तथाअन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्न कार्य प्रस्तुती, प्यानल डिस्कसन, र किनोट लेक्चर दिईनेछ । सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु, व्यवसायीहरु, कर्मचारीहरु, क्लाइन्ट र ग्राहकहरुबिच अन्तरक्रिया गर्न सक्ने जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।