कीवर्डहरू -

मोटोरोलाको मोटो इ ५ प्ले स्माट्फोनको एन्ड्रोई गो भर्जन जुलाई १४ देखि बजारमा

मोटोरोलाको मोटो इ ५ प्ले स्माट्फोनको एन्ड्रोई गो भर्जन जुलाई १४ देखि बजारमा

आधुनिक युगमा स्माट्फोन प्रयोकर्ताहरु विश्वमा नै वृद्घि भईरहेको अवस्थामा मोटोरोलाले मोटो इ ५ प्लेको एन्ड्रोई गो भर्जन जुलाईमा युरोप र ल्याटिन अमेरीकाको बजारमा ल्याउने भएको छ ।

पश्चिम देशभन्दा आय कम हुने देशहरुका लागि लक्षित गरी मोटोरोलाले यसको मूल्य १०९ युरो र १२८ अमेरिकी डलर बताईएको छ । पहिलाको मोटोरोला एन्ड्रोइ हयान्डसेट भन्दा यसमा एपहरु १५ प्रतिशतले छिटो चल्ने बताईएको छ । यसमा डाटा सेभर फिचर रहेको छ, जसले गर्दा कम खचिलो हुने छ । सामान्तया एन्ड्रोई गो एन्ड्रोइ ओरीयो भनेर पनि चिनिन्छ ।


यो एमेजन, कारफोन वयरहाउस, आर्गो जस्ता अनलाइन सपिङ साईटमा पनि उपलब्ध हुने बताईएको छ । यो स्माट्फोन कालो र सुनौलो रङमा बजारमा उपलब्ध छ । यसको ५.३ इन्च, १८ः९ स्क्रीन रहेको छ ।

यसको क्यामेरा ८ मेगापिक्सल र ५ मेगापिक्सल रहेको छ । यो स्माट्फोनको २,८०० एम.ए.एच ब्याट्रि रहेको, क्वाड कोर प्रोसेसर र २ जी.वि रयाम रहेको छ । मोटोरोला लोगोमा लुकेको माउन्ट पिंmगरप्रिन्ट सेन्सर पनि रहेको छ ।