कीवर्डहरू -

पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य

पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य

अगस्ट २०१८ मा पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य जापानको बजारमा आउने भएको छ । यो प्रक्रियात्मक रोबट हो जसलाई प्रक्रियात्मक प्रविधिको उपज भन्न सकिन्छ । यो रोबट ३ वर्षका बालबालिका र त्यस भन्दा माथिका पोकेमन फ्यानका लागि लक्षित प्रक्रियात्मक प्रविधिको रोबट हो । 


यस रोबटको विशेषताहरु यसप्रकार रहेका छन्, तपाईको आवज जुन दिशाबाट आएको छ त्यता तिर टाउको घुमाएर यसले आफ्नो प्रतिक्रिया दिन्छ । टाउको हल्लाउने, एनिमेटेड आवाज (पोकेमन एनिमेमा प्रयोग भएको) र यसको रातो गाला चम्काउने जस्ता प्रतिक्रिया दिने गर्दछ ।

यो २ वटा ए.ए.ए ब्याट्रिबाट चल्दछ । यसको मूल्य ५१ अमेरीकी डलर र जापानीज यान ५,६४० तोकिएको छ र यसलाई हाल जापान टे«न्ड सपमा प्रिःअडर गर्न सकिन्छ । प्रिःअडर गरेको खण्डमा यसमा डिस्काउन्ट पनि प्राप्त गर्न सकिन्छ ।