कीवर्डहरू -

डिश होमले खरिद गर्यो सिम टिभी, चाडै सर्वसाधारणको लागि शेयर जारी गरिने 

डिश होमले खरिद गर्यो सिम टिभी, चाडै सर्वसाधारणको लागि शेयर जारी गरिने 

आषाढ २९ गते डिश मिडिया नेटवर्क लिमिटेड ( DishHome ) र सिम्पल मिडिया  नेटवर्क प्रा.लि. ( SIM TV ) को संचालक समितिको संयुक्त वैठकले 'सिम टि.भि'  डिश मिडिया नेटवर्क लिमिटेडले किन्ने गरि खरिद सम्झौता सम्पन्न गरेको छ । यस खरिद सम्झौता अन्तर्गतको शेयर खरिद निकट भविष्यमै सम्पन्न हुने जनाइएको छ । यसका साथै सिम टि.भिको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्क लिमिटेडले लिएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड (Dishhome) नेपालको Pay TV Industry मा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा छ । यसै गरि सिम टि.भि. नेपालका मल्टि सर्भिस अपरेटरको रुपमा बजार विस्तार गरिरहेको अग्रणी संस्था हो ।


सिम टिभिका प्रमुख कार्यकारी अधिकृत श्री ज्याकी शाहले डिश मिडिया नेटवर्कले सिम टि.भि.को खरिद पछि टि.भि. हेराईको गुणस्तरिय अनुभव अझ धेरै ग्राहकहरु तथा आवद्ध लोकल केवल अपरेटरहरुको पहँुचमा पुग्ने जनाएका छन । नयाँ प्रविधिको प्रयोग, आक्रामक बजार विस्तार, पूर्ण डिजिटलाइजेसन र चुस्त व्यवस्थापनमा अझ जोड दिएर ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्ने डिश मिडिया नेटवर्कले जनाएको छ ।

\"\"