कीवर्डहरू -

भोलीदेखि नेपाल टेलिकमको मनसुन अफर, रेट समायोजन

भोलीदेखि नेपाल टेलिकमको मनसुन अफर, रेट समायोजन

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केहि सेवामा टेलिकम सेवा शुल्क (टि.एस.सि) समायोजन गर्ने भए पनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेको दरमा उपलब्ध गराउने भएको छ ।

टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु यहि साउन १ गते देखि लागू हुने गरी सेवा उपलब्ध गराउने टेलिकमले प्रेस विज्ञप्तिद्धरा जानकारी गराएको छ ।


नेपाल सरकारले साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा शुल्क (टि.एस.सि) ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥यएको छ । त्यसै गरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क र्तिनु पर्ने भएको छ । पहिले डाटा  सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क र्तिनु पर्दैनथ्यो हाल भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत सेवा शुल्क र्तिनु पर्ने भएको छ । 


कम्पनीले पहिले देखि नै उपलब्ध गराएको विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी÷फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टिभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक लगायत विभिन्न विशेष लोकप्रिय प्याकहरु गाहक वर्गलाई थप आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइने भएको छ ।

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य समायोजन गरिइको छ । कम्पनीले उपलब्ध गराएको विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशत सम्म बोनस गराएको छ ।

ग्राहकहरुले मनसुन अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागी एस्ट्रक १४१५ हयास डायल गर्नु पर्ने छ । त्यसै गरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारिु लिन सकिन्छ ।